२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

शिवम् सिमेन्ट 17th Corporate Excellency Award-2025 बाट सम्मानित


सञ्चार डबली
  • बिहीबार , चैत २१ २०८१
  • 7.1K
    SHARES

  • images
    शिवम् सिमेन्ट 17th Corporate Excellency Award-2025 बाट सम्मानित

    विहीबार, २१ चैत्र २०८१
    काठमाडौं । शिवम् सिमेन्ट लिमिटेड 17th Corporate Excellency Award-2025 बाट सम्मानित भएको छ । यहि मिति २०८१ चैत्र २१ गतेकाठमाडौंमा कर्पोरेट खबरद्वारा आयोजित ISHWORlAL 17th CORPORATE BUSINESS AWARD 2025 कार्यक्रम मार्फत शिवम् सिमेन्ट्स लिमिटेडका प्रबन्ध निर्देशक श्री रघुनन्दन मारुलाई उक्त अवार्डबाट सम्मानित गरिएको थियो।

    उक्त कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरु तथा संस्थाहरुलाई अवार्ड प्रदान गरिएको थियो जस मध्ये शिवम् सिमेन्ट लिमिटेडलाई Corporate Excellency Award 2025 बाट सम्मानित गरिएको हो । यसरी उत्कृष्ठ उत्पादनमुलक उद्योगको रुपमा स्थापित शिवम् सिमेन्ट लिमिटेडले विगतका दिनहरुमा समेत विभिन्न अवार्डहरुबाट सम्मानित भई सकेको छ ।

    ● NS Quality Award-2019
    ● Energy and Environment Efficiency Awards-2019
    ● Best Managed Company of the Year-2022
    ● Outstanding International Leadership Achievers Award-2023, United Arab
        Emirates (UAE), Dubai
    ● Shri Mahatma Gandhi Rashtriya Abhiman Puraskar 2023, India
    ● Organization Sales Excellence Award-2023
    ● 'Awards for Corporate Excellence-2024' in Manufacturing Category

    ५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुका साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय
    देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।

    नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो ।

    नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा BIS (ISI), URS प्रमाणित ISO Certificates प्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend