२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

खाली सिसी र कोका-कोला बेभरेजेज नेपालद्वारा WOW परियोजनाको सफलताको घोषणा


सञ्चार डबली
  • सोमबार, चैत ४ २०८१
  • 8.1K
    SHARES

  • images
    खाली सिसी र कोका-कोला बेभरेजेज नेपालद्वारा WOW परियोजनाको सफलताको घोषणा

    सोमबार, ०४ चैत्र २०८१
    काठमाडौं । वर्ल्ड रिसाइक्लिङ डेको अवसरमा खालीसिसी र कोका-कोला बेभरेजेज नेपालले WOW (Well-being Out of Waste) परियोजनाको एक वर्ष पूरा भएको घोषणा गरेका छन् । यो परियोजनाले नेपालमा दिगो विकास, महिला सशक्तीकरण र फोहोर व्यवस्थापनमा उल्लेखनीय योगदान पुऱ्याउँदै आएको छ ।

    फेब्रुअरी २०२४ मा सुरु भएको उक्त परियोजनाले १,४४,००० के.जी. PET बोतलहरूलाई ल्यान्डफिलमा जानबाट जोगाएर तिनलाई पुनः उपयोगी स्रोतका रुपमा परिणत गरेको छ । यस परियोजना अन्तर्गत बुढानीलकण्ठमा मटेरियल रिकभरी फ्यासिलिटी (एमआरएफ) स्थापना गरिएको छ जहाँ ट्रान्सफर स्टेसन, फोहोर संकलन केन्द्रहरू, फुटसल ग्राउन्ड, रेस्टुरेन्ट लगायत विभिन्न स्रोतहरूबाट ल्याइएका PET बोतलहरू संकलन गर्ने र छान्ने काम गरिन्छ । एमआरएफमा रहेको बेलिङ मेसिनको क्षमता प्रति दिन १ टन रहेको छ जसले PET बोतलहरूलाई बन्डल बनाउँछ र उक्त बोतलहरु नवपरासी स्थित PET रिसाइकलरमा पठाउने काम गरिन्छ । त्यहाँ बोतलहरूलाई फ्लेक्समा परिणत गरिन्छ जसलाई पुनः प्रक्रिया गरी पोलिएस्टर स्टेपल फाइबर जस्ता सामग्रीमा रूपान्तरण गरिन्छ ।

    whatsapp-image-2025-03-16-at-10.46.28-am_Ulb3wgpXTa.jpg
    undefined

    'WOW परियोजना केवल फोहोर व्यवस्थापनको विषय होइन, यो सामाजिक समानता र दिगोपनको यात्राको सहयात्री समेत हो,” खालिसिसिका सीईओ अमुन थापाले परियोजनाबारे बोल्दै भने । महिला तथा फोहोर व्यवस्थापनमा संलग्न मजदुरहरूलाई सशक्त बनाउँदै हामी फोहोरलाई अवसरमा बदल्दैछौं ।'

    बुढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले पनि आफ्नो विचार राख्दै भने, “हामी 'सफा बुढानीलकण्ठ पहल' अन्तर्गत हरियाली र सफा सहर बनाउने लक्ष्यमा छौं । 'WOW परियोजना हाम्रो अभियानलाई मजबुत बनाउने महत्त्वपूर्ण कोसेढुंगा बन्ने विश्वास हामीले गरेका छौं। यस परियोजनाले सर्कुलर इकोनोमीको अवधारणालाई अघि बढाउँदै फोहोरमुक्त बुढानीलकण्ठ निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ ।"

    'WOW परियोजना आर्थिक सशक्तीकरणमा केन्द्रित रहेको छ । ८०% महिलाहरू (३५ महिला) संलग्न रहेको यस परियोजनाले महिलाहरूलाई फोहोर व्यवस्थापन क्षेत्रमा स्थान दिने कार्य गरिरहेको छ । साथै ५० जना अनौपचारिक फोहोर संकलन कर्ताहरू (खालिसिसि फ्रेन्ड्स)लाई गल्ली म्याप्स न्याभिगेसन, डिजिटल साक्षरता, बैंकिङ र सामाजिक सञ्जालको प्रयोगबारे तालिम प्रदान गरिएको छ जसले उनीहरुको आर्थिक आत्मनिर्भरता र जीवनस्तर उकास्ने अवसर प्रदान गरिरहेको छ ।

    कोका-कोला बेभरेजेज नेपालका पब्लिक अफेयर्स, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर स्नेह राजभण्डारीले पनि बोल्दै भने, “हामीले दिगो व्यापार अभ्यासमार्फत सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राख्छौं । 'WOW परियोजना फोहोर व्यवस्थापन सुधार गर्ने र समुदायलाई सशक्त बनाउने हाम्रो साझा प्रतिबद्धताको प्रमाण पनि हो ।'

    यस परियोजना अन्तर्गत एमआरएफको साथमा २० वटा संकलन केन्द्रहरू, खेलकुद केन्द्र, विद्यालय, कलेज तथा सार्वजनिक कार्यालयहरू स्थापना गरिएको छ जसले जिम्मेवार फोहोर व्यवस्थापन र पुनः प्रयोग गर्ने बानी बसाल्न मद्दत गर्नेछ । नेपालका युवाहरूलाई रिसाइकल गर्ने बानी बसाल्न प्रेरित गर्दै यस अभियानले दिगो भविष्यको निर्माणतर्फ महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकहरूको रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend