२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

लोकगायक बद्री पंगेनी सजिलो नेटको ब्राण्ड एम्बासडर


सञ्चार डबली
  • सोमबार, फागुन २६ २०८१
  • 6.8K
    SHARES

  • images
    लोकगायक बद्री पंगेनी सजिलो नेटको ब्राण्ड एम्बासडर

    सोमवार, फागुन २६ २०८१
    काठमाडौं । इन्टरनेट सेवा प्रदायक सजिलो नेटले चर्चित लोकगायक बद्री पंगेनीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बासडरको रूपमा चयन गरेको छ।

    आज सम्पन्न सम्झौतासँगै, सजिलो नेटले देशभरका नेपाली परिवारसँग आफ्नो सम्बन्धलाई अझ प्रगाढ बनाउने दिशा तर्फ महत्वपूर्ण कदम चालेको छ।

    नेपाली लोकसंगीत क्षेत्रमा ख्याति कमाएका बद्री पंगेनीले आफ्ना मार्मिक तथा सन्देशमूलक गीतहरू मार्फत लाखौँ दर्शक– श्रोताको मन जित्न सफल भएका छन्। नेपाली साङ्गीतिक तथा लोकजीवनमा गहिरो छाप छोड्न सफल उनी सजिलो नेटको प्रतिनिधित्व गर्न उपयुक्त व्यक्ति हुन्।

    सजिलो नेट उच्च गतिको भरपर्दो इन्टरनेट सेवा सुलभ मूल्यमा प्रदान गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ। सजिलो नेटका लागि इन्टरनेट केवल प्रविधिमै सीमित छैन, यो हाम्रो संस्कृति, परम्परा र जनजीवनलाई जोड्ने एउटा महत्वपूर्ण माध्यम पनि हो, सजिलो नेटका प्रमुख कार्यकारी अधिकृत, सतीश कार्कीले भने, बद्री पंगेनीज्यूको संगीतले जस्तै हामी पनि नेपालीहरूबीचको दूरी घटाउँदै सबैलाई सरल, सुलभ तथा सुपथ इन्टरनेट सेवा मार्फत जोड्ने प्रयास गरिरहेका छौँ।

    लोकप्रिय गायक बद्री पंगेनीले आफ्नो उत्साह व्यक्त गर्दै भने, “इन्टरनेट आजको जीवनशैलीको अभिन्न अङ्ग बनिसकेको छ। सजिलो नेटले सहज र भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ, जसका कारण म यस ब्राण्डसँग जोडिन पाउँदा निकै खुसी छु।”

    सजिलो नेटले आधुनिक इन्टरनेट सेवा विस्तार गर्दै ग्राहकहरूलाई उच्च गुणस्तरीय, सरल, सुलभ तथा सुपथ इन्टरनेट कनेक्टिभिटी प्रदान गर्ने लक्ष्य राखेको छ। बद्री पंगेनी सँगको सहकार्यले ब्राण्डलाई अझ बलियो बनाउने विश्वास लिइएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend