२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

कजारिया टाइलको नयाँ सोरुम काठमाडौँको सतुंगलमा, नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्य


सञ्चार डबली
  • आइतबार, फागुन १८ २०८१
  • 7.5K
    SHARES

  • images
    कजारिया टाइलको नयाँ सोरुम काठमाडौँको सतुंगलमा, नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्य

    आइतवार, फागुन १८ २०८१
    काठमाडौँ । भारतको अग्रणी टाइल निर्माता कजारियाले नेपालमा आफ्नो उपस्थिति अझै मजबुत बनाउँदै सतुंगल, काठमाडौँमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । एक समारोहबिच चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र चन्द्रागिरी नगरपालिका वार्ड नं. ११ का अध्यक्ष नरेद्रराज श्रेष्ठले रिबन काटेर शोरुमको उद्घाटन गरेका हुन् ।

    श्री साई इन्टरप्राइजेजद्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ । समारोहलाई सम्बोधन गर्दै कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहले नयाँ सोरुमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे ।

    उनले भने, “काठमाडौँ कजारियाका लागि एक प्रमुख बजार रहि आएको छ, र यो सोरुम हाम्रो प्रतिबद्धताको प्रमाण हो जसले घरधनीहरू, आर्किटेक्ट र निर्माणकर्ताहरू सामु उच्च गुणस्तरका टायलहरू पुर्याउने काम गर्दछ । हामी आफ्ना नवीनतम् र मजबुत उत्पादनहरूलाई ग्राहकहरूसम्म नजिक ल्याउन पाउँदा खुशी छौँ ।”

    काठमाडौँको महत्त्वपूर्ण क्षेत्र रहेको यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ ।

    यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीहरूको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ ।

    प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको शुभारम्भ कजारियाको लागि महत्त्वपूर्ण उपलब्धि हो ।

    रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजरिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ ।

    नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्नेछ । यो ४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टाइल्स उपलब्ध गराउने लक्ष्य राखेको छ ।

    यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौँ रोजगारीका अवसरहरू प्रदान गर्नेछ, स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउनेछ र वृद्धि र विकासलाई बढावा दिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend