२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

चलचित्र ‘रेशम फिलिली’ हलमा लाग्यो कि भूकम्प आइहाल्ने


सञ्चार डबली
  • शुक्रबार, फागुन १६ २०८१
  • 5.4K
    SHARES

  • चलचित्र ‘रेशम फिलिली’ हलमा लाग्यो कि भूकम्प आइहाल्ने

    काठमाडौं । शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोककोे भोटेकोशी गाउँपालिका भैरभकुण्ड केन्द्रविन्दु भई ६.१ रेक्टर स्केलको भूकम्प गयो । मस्त निद्रामा रहेका मानिसहरू सबै बाहिर निस्के । कोही कराउन थाले । तर भूकम्पको झड्का ठूलो भए पनि क्षति भने त्यति हुन पाएन ।

    बिहानदेखि सामाजिक सञ्जालमा भूकम्पबारे चर्चा परिचर्चा सुरु नै थियो । यसैक्रममा हास्यकलाकार केदारप्रसाद घिमिरे माग्नेबुढाले सामाजिक सञ्जालमा लेखे, ‘रेशम फिलिली’ भुइँचालोको सम्बन्ध के हो ?’  हुन पनि ‘रेशम फिलिली’ र भूकम्पको अनौठो सम्बन्ध देखिएको छ । २०७२ वैशाख ११ गते प्रदर्शनमा आएको चलचित्र थियो, ‘रेशम फिलिली’ । 

    ‘जालमा’ गीतको लोकप्रियताका कारण चलचित्रले उत्साहजनक ओपनिङ गर्‍यो । तर, रिलिजको दोस्रो दिन अर्थात् वैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प गएपछि चलचित्र चल्नै पाएन । नौ वर्षपछि यसको सिक्वेल ‘फेरि रेशम फिलिली’ यतिबेला हलहरुमा प्रदर्शनरत छ । यसपटक पनि चलचित्र रिलिज र भूकम्पको संयोग जुरेको छ ।

    ‘रेशम फिलिली’ र भूकम्पको सम्बन्धलाई लिएर यतिबेला सामाजिक सञ्जाल नै भरिएको छ । ट्रोल पनि उत्तिकै बनेका छन् । यसले चलचित्रप्रति दर्शकको चासो बढाएको छ । महाशिवरात्रिको दिनबाट प्रदर्शनमा आएको ‘फेरि रेशम फिलिली’ ले औसत व्यापार गरिरहेको बताइएको छ । 

    नेपालीहरुको अमेरिका मोहको कथामा बनेको चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरसिया, नीर शाह, लक्ष्मी गिरी, महेश त्रिपाठी, प्रकाश घिमिरे, रविन्द्र झालगायतको अभिनय रहेको छ । निरोज महर्जनको निर्देशनमा तयार भएको चलचित्र लाई रौनक विक्रम कँडेलले निर्माण गरेका हुन् ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend