२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बास्किन रोबिन्सको ३४औँ शाखा काठमाडौंको वसन्तपुरमा


सञ्चार डबली
  • सोमबार, फागुन १२ २०८१
  • 6.7K
    SHARES

  • images
    बास्किन रोबिन्सको ३४औँ शाखा काठमाडौंको वसन्तपुरमा

    काठमाडौं । विश्व प्रसिद्ध आइसक्रिम ब्रान्ड बास्किन रोबिन्सले नेपालमा आफ्नो ३४औँ शाखाको उद्घाटन गरेको छ । कम्पनीले काठमाडौंको ऐतिहासिक स्थान वसन्तपुरमा औपचारिक रूपमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

    नेपालमा बास्किन रोबिन्सको आधिकारिक आयातकर्ता तथा वितरक सन इन्टरनेसनल इन्कर्पोरेटेडको यो शाखा प्रतिष्ठित पद्म ज्योति ग्रुप नेपालको एक हिस्सा हो । यो नयाँ शाखाले उत्कृष्ट आइसक्रिमको अनुभवसँगै खुसी बाँड्ने यात्रामा अर्को महत्त्वपूर्ण कदम चालेको कम्पनीको भनाइ छ ।

    सहरको मुटुमा रहेको वसन्तपुर शाखाले बास्किन रोबिन्सका प्रसिद्ध ३१ फ्लेबर र प्रिमियम आइसक्रिम केकहरू नेपालकै ऐतिहासिक र जीवन्त स्थानमध्ये एकमा ल्याएको छ ।

    उद्घाटन समारोहमा नेपालको समृद्ध नेवारी संस्कृतिलाई सुन्दर सांगीतिक प्रस्तुतिसँग जोडी परम्परा र बास्किन रोबिन्सको आधुनिकतालाई एकसाथ प्रस्तुत गरिएको थियो ।

    उक्त उद्घाटन कार्यक्रममा प्रख्यात नेपाली इनफ्लुएन्सरहरू र प्रमुख अतिथिमा नेपालको लागि अमेरिकी राजदूत श्री डीन आर. थम्पसन लगायत धेरै प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो । उहाँहरूको उपस्थितिले कार्यक्रमलाई थप प्रतिष्ठित र रोमाञ्चक बनायो ।

    बास्किन रोबिन्स आफ्नो ग्राहकहरूलाई उच्च गुणस्तरीय सामग्रीबाट तयार गरिएको विभिन्न फ्लेबरहरुको साथ खुशी दिन समर्पित छ । यस ब्राण्ड नेपालमा विस्तार हुँदै गर्दा, आइसक्रिम प्रेमीहरूलाई विश्वभर मन पराईएका फ्लेबरहरु र गुणस्तरीय आइसक्रिमहरुको स्वाद दिँदै अघि बढिरहेको छ ।

    ग्राहकहरूलाई उत्कृष्ट आइसक्रिम अनुभव प्रदान गर्न वसन्तपुरको नयाँ शाखा अब खुलिसकेको छ । चाहे त्यो मनपर्ने प्रचलित फ्लेबर होस् वा नयाँ फ्लेबर, बास्किन रोबिन्स नेपालका आइसक्रिम प्रेमीहरूको पहिलो रोजाइ बनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend