२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाली बजारमा सिजीले ल्यायो नेपालकै पहिलो १०० इन्च मेगास्क्रिन टिभि


सञ्चार डबली
  • शुक्रबार, फागुन २ २०८१
  • 7.4K
    SHARES

  • images
    नेपाली बजारमा सिजीले ल्यायो नेपालकै पहिलो १०० इन्च मेगास्क्रिन टिभि

    काठमाडौं, फागुन २ । नेपालकै सबैभन्दा ठुलो र नं. १ ब्राण्ड सिजीले १०० इन्च मेगास्क्रिन टिभि नेपाली बजारमा भित्र्याएको छ । फोके क्यूलेट टेक्नोलोजि प्रयोग गरिएको सो टिभिको पिक ब्राइटनेस ८०० निट्सको छ ।

    ९० प्रतिशत डीसीआई-पी थ्री कलर ग्यामेट सहितको टि.भिमा ११२ लोकल डिमिङ जोन रहेको र ११४ हेज रिफ्रेस रेटमा ६४ बिलियन कलर सम्मको डल्बी भिजन रहेको छ ।

    कम्पनीका अनुसार सि.जी ब्राण्डको टि.भि नेपालकै पहिलो गुगल प्रमाणित टिभी हो र सो टि.भि नेपालकै सबैभन्दा ठुलो र पहिलो १००” मेगास्क्रिन टि.भि हो ।

    कम्पनीका अनुसार टि.भिको पिक प्रोफोर्मेन्स कायम राख्न नयाँ क्वाड कोर ए७३ प्रोसेसर जडान गरिएको छ त्यसका साथै ३ जीबी डीडीआर-४ र्याम + ३२ जीबी स्टोरेज पनि छ । कोठामा होस् या लिभिङ रुममा, एन्टि ग्लेर स्क्रिनको मदतले ५० प्रतिशत सम्म रिफ्लेक्सन रोकिन्छ जसले गर्दा १७८ डिग्रिको भियुइङ एङ्गल प्रदान गर्छ ।

    यसमा ६० वाटको २.१.२ साउन्ड सिस्टम जडान गरिएको छ जसमा ५ वाटको २ वटा टप फायरिङ स्पिकर, एउटा २० वाटको सबवुफर अनि २ वटा १५ वाटको डाउन फायरिङ स्पिकर रहेको छ । साथै ह्याण्डस् फ्री भ्वाइस कन्ट्रोल भएको सो टि.भीमा रहेको डोल्बि एटमोस सिनेम्याटिक साउन्डको प्रयोगले ग्राहकहरुलाई मल्टि डाइमेन्सनल साउन्डको अनुभुति गराउँछ ।जसले टेलिभिजनमा चलचित्र, खेल हेर्दा वास्तविक रोमाञ्चक अनुभव दिनेछ साथै निर्बाध गेमिङ प्रोफोर्मेन्स, जस्मा गेम पिक्चर मोड र एमिङ एड जस्ता सुविधाहरूले अद्भुत गेमिङ अनुभव प्रदान गर्नेछ ।

    नेपालको इलेक्ट्रोनिक्स बजारमा गुणस्तरीय उत्पादन र सेवा प्रदान गर्ने प्रतिष्ठाका साथ, सीजी इलेक्ट्रोनिक्सले विगत ४० वर्षदेखि नेपाली जनताको जीवनलाई छुँदै र सुधार गर्दै आएको छ। पूर्ण मेटल डिजाइनले बनेको सो टि.भी तपाईले घरै बसि–बसि cgdigital.com.np बाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend