सोमवार, माघ २८ २०८१
काठमाडौँ । नेपालकै अग्रणी एफएमसिजी ब्रान्ड हाइलाइफ फुड्सले नयाँ वर्ष २०२५ देखि रोमाञ्चक अभियान ल्याएको छ । कम्पनीले स्वस्थ जीवनशैली सुरु गर्ने अठोट र संकल्प लिएका सबैलाई प्रोत्साहित गर्दै 'Transform with Hilife' नामक रोमाञ्चक अभियान ल्याएको हो ।
उक्त अभियानमा सहभागीहरूलाई आफ्ना नयाँ वर्ष २०२५ का संकल्पहरूलाई निरन्तरता दिन मात्र होइन, आकर्षक उपहारहरू तथा हाइलाइफका स्वास्थ्यकर सामग्रीहरू जित्ने अवसर समेत प्रदान गरिनेछ ।
स्वस्थ जीवनशैली र पौष्टिक आहारलाई प्रोत्साहन गर्दै Hilife ले द्विसाप्ताहिक (Bi-Weekly) चुनौतीहरू प्रस्तुत गरेको छ । जसमा फिटनेस, सन्तुलित आहार तथा पौष्टिक जीवनशैलीसँग सम्बन्धित विभिन्न गतिविधिहरू समावेश रहनेछन् ।
Push Up Challenge, Healthy Breakfast Challenge जस्ता अन्य चुनौतीहरूको साथमा हाइलाइफले उपहारहरु पनि ल्याउने गरेको छ । चुनौतीहरू पूरा गर्दै, भिडियो बनाएर आफ्नो फेसबुक वा इन्स्टाग्राममा #Transformwithhilife, #Sayhitohealthylife जस्ता ह्यासट्याग राखेर हाइलाइफको ‘ट्रान्सफर्म विथ हाइलाइफ’ अभियानमा भाग लिन सकिन्छ ।
Gym Subscription, Fitness Watch, Blender, Zumba Classes, Hilife Goodies र अन्त्यमा, एक लाख Worth को Treadmill जित्ने मौका रहेको यो अभियान, स्वास्थ्य जीवन जीउन चाहनेहरुलाई एक सुनौलो मौका रहेको कम्पनीको भनाई छ ।
हाइलाइफको "Transform with Hilife" अभियानमा संलग्न भएर कति जनाले आकर्षक उपहार पनि जितिसकेको र healthy life को सुरुवात पनि गरिसकेका छन् ।
स्वस्थ जीवनशैलीको महत्त्व र स्वस्थ रहनुको अठोटलाई रोमाञ्चक र प्रेरणादायी रूपमा प्रस्तुत गर्दै Hilife को यो अभियान सिर्जनात्मक उदाहरण बन्न पुगेको कम्पनीको दावी छ ।



