२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

इन्डेक्स एक्सचेन्जको बम्पर योजना : पैसा पठाउँदा घर जित्नुहोस् 


सञ्चार डबली
  • सोमबार, माघ २१ २०८१
  • 6.4K
    SHARES

  • images
    इन्डेक्स एक्सचेन्जको बम्पर योजना : पैसा पठाउँदा घर जित्नुहोस् 



    २१ माघ २०८१
    काठमाडौं । यूएईमा रहेको इन्डेक्स एक्सचेन्जले आफ्ना ग्राहकको भाग्य बदल्ने योजनासहित रमदानको अवसर पारेर  शान ए रमदानको चौथो संस्करण ल्याएको छ । यो वर्ष  ‘यस बार, बुल्डोजरको वार’ नारासहित कम्पनीले आफ्ना ग्राहकलाई भाग्य बदल्ने योजना ल्याएको हो।

    कम्पनीले  ‘भत्काउनुहोस् आफ्नो दुस्खको पर्खाल, अनि बनाउनुस् जीवनको बाटो सरल’ नारा दिएर यो अभियान आगामी मार्च २९ तारिखसम्म मान्य रहने गरि थालेको छ ।

    ‘शान ए रमदान सिजन ४’ मा इन्डेक्स एक्सचेन्जका यूएई भरका आफ्ना जुनसुकै शाखाबाट नेपालसहित आफ्नो देशमा पैसा पठाउँदा हरेक १० दिनमा एसयुभी गाडी, सुन, नगद र आफ्नो देशमा घर जित्न सक्ने बताएको छ ।

    दुस्ख, बाधा र समस्यासँग धैर्य, साहस र शक्तिसहित बुल्डोजरले पर्खाल भत्काउनु पर्छ भन्ने सन्देशसहित यस कार्यक्रमको प्रवर्द्धनका क्रममा कम्पनीले बुल्डोजरलाई प्रस्तुत गरेको छ। परदेशी श्रमिकको हिम्मत, साहस र शक्तिको कदर गर्दै उनीहरू कै लागि यो अभियान थालिएको एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत सैयेद अब्दुस सलामले बताए ।

    1738565936-21vLW.jpg
    undefined

    उनले उक्त योजनामा सहभागी भइ हरेक १० दिनमा हुने लक्की ड्रबाट आफ्नो जीवन बदल्न यूएईबासी सबैमा आह्वान गरेका छन् ।

    इन्डेक्स एक्सचेन्जले हरेक वर्ष विभिन्न कार्यक्रम मार्फत नयाँनयाँ योजनाहरू ल्याउने गरेको छ । उक्त योजनाबाट धेरै नेपाली श्रमिकहरूले लाभ उठाएका छन् । एक्सचेन्जका प्रमुख ब्यापार प्रबन्धक मिर के रसूलका अनुसार केहि समय अघि एक नेपालीले नेपालमा घर जितेको बताए । देश छाडेर प्रदेशमा संघर्ष गर्दा श्रमिकले कमाएको धन सुरक्षित रुपमा पठाउने काममा साथ दिन यो अभियान ल्याएको कम्पनीको दाबी छ ।

    एक्सचेन्जले यूएईमा वित्तीय साक्षरता कार्यक्रम पनि चलाउँदै आएको छ। केही महिनाअघि ‘अब कि बार, हुण्डी पे वार’ नारासहित यूएईको सबै इमिरेट्समा कम्पनीले गैरकानुनी विप्रेषणविरुद्ध घरदैलो कार्यक्रम चलाएको थियो । त्यसपछि नेपालीलाई लक्षित गरी ‘विन अ मिलियन’को तेस्रो संस्करण ल्याइएको थियो । जसमा दश लाख नगदसहित केहि नेपालीले घर जाने हवाइ टिकट जितेका इन्डेक्स एक्सचेन्जका नेपाल प्रतिनिधि नवीन पौडेलले बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend