२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

लुम्बिनी सेरामिक्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग


सञ्चार डबली
  • आइतबार, माघ २० २०८१
  • 6.0K
    SHARES

  • images
    लुम्बिनी सेरामिक्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग

    काठमाडौं, माघ २० । लुम्बिनी सेरामिक्स लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) सार्वजनिक निष्कासन गर्ने घोषणा गरेको छ। कम्पनीले यस कार्यका लागि शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ।

    कम्पनीले यस शेयर निष्कासन कार्यको लागि आवश्यक स्वीकृति प्राप्त गर्न नियमनकारी निकायहरूको अनुमति प्राप्त गर्ने प्रक्रिया जारी राखेको जनाएको छ। कम्पनीले आगामी सार्वजनिक निष्कासनबाट नेपाली बजारमा आफ्नो उपस्थिति थप सशक्त बनाउन र आगामी विस्तारका लागि पूँजी जुटाउने उद्देश्य राखेको छ।

    लुम्बिनी सेरामिक्स लिमिटेड अन्तर्गत लामिनार टाईल्स उत्पादन गरिन्छ, जुन नेपालको पहिलो र एकमात्र सत प्रतिशत भिट्रीफाईड टाईल्स हो। लामिनार टाईल्सले अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड पूरा गर्दै नेपाली उपभोक्ताहरुलाई विविध र उच्च गुणस्तरीय विकल्पहरु प्रदान गर्ने लक्ष्य राखेको छ।

    लामिनार टाईल्सको उत्पादन प्लान्ट बर्दियाको गुलरियामा १२.५ बिघा क्षेत्रफलमा फैलिएको छ। आज भएको सम्झौतामा लुम्बिनी सेरामिक्स लिमिटेडका संचालक श्याम सुन्दर खेतान र नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend