काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय प्रियसी सिल्भर म्युजिक अवार्ड तथा तेस्रो प्रियसी धमका २०२३’ मलेसियामा सम्पन्न भएको छ ।
जसमा लोक आधुनिक गायनतर्फ लक्ष्मण श्री ले अवार्ड प्राप्त गर्न सफल भएका छन
मलेसियाको ग्राण्ड कन्टिनेटल होटलमा आइतबार मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलको प्रमुख आतिथ्यतामा विविध कार्यक्रमसहित प्रियसी सिल्भर म्युजिक अवार्ड सम्पन्न भएको हो । आयोजक राजेन्द्र पुरीको सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथिहरुमा मध्यपुर थिमि नगरपालिकाका पूर्वमेयर मदनसुन्दर श्रेष्ठ, एनआरएन मलेसियाका अध्यक्ष बिनोद थापा, अन्तर्राष्ट्रिय हिन्दु महासंघका महासचिव उत्तमराज भण्डारीलगायत रहेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थ्याका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा लाइफटाइम एचिभमेन्ट अवार्डबाट वरिष्ठ लोक गायक नवराज घोरासैनी सम्मानित भए । यस्तै मनोरञ्जन पत्रकारिता पुरस्कार थानेस्वर अधिकारी र कला सम्मानबाट मोडेल अमन श्रेष्ठ सम्मानित भए । कार्यक्रममा मलेसियाका स्थानीय बासिन्दा गायिका लिम सिस्टरलगायत वरिष्ठ गायक घमेश दुलाल, नवराज घोरासैनी, लक्षमण श्री, पल्मु शेर्पा, निमा पाख्रीन लामा, आशा लामा, यसकुमार, पल शाहलगायतको सांगीतिक प्रस्तुति रहेको थियो ।
सर्वोत्कृष्ट अवार्ड जित्नेहरुमा घमेश दुलाल (लोकदोहरी), यसकुमार (आधुनिक गायक), पल शाह (आधुनिक मोडल पुरुष), लक्षमण श्री (लोक आधुनिक गायक),आसा लामा (लोक दोहोरी गायिका), सन्ध्या सानू (लोक दोहोरी मोडल महिला), पल्मु शेर्पा (सेलो गायिका), निमा पाख्रिन लामा (सेलो गायक), लक्ष्मीकुमार महर्जन (मोडल नेपाली भाषा), विश्वास बज्राचार्य (म्युजिक भिडियो निर्देशक नेपाल भाषा), जीवन परियार (लोक दोहोरी लय), राजेश बर्देवा (लोक पप गायक), केशव भुसाल (लोक दोहोरी नवमोडल), गणेशराज भण्डारी (आधुनिक नवमोडल), भोजकुमार श्रेष्ठ (टेलिचलचित्र कलाकार), दावा लामा (प्रोडुसर), कुमार खड्का (समाजसेवी), सुदिप भट्टराई (आधुनिक गीतकार), दोरबहादुर कटुवाल (म्युजिक भिडियो छायाँकार), नवीन परियार (लोक दोहोरी नवगायक) रहेका छन् । कार्यक्रम राजेश बर्देवाले सञ्चालन गरेका थिए ।



