२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा, अंश हकदाबी नगर्ने


सञ्चार डबली
  • शुक्रबार, माघ १८ २०८१
  • 7.1K
    SHARES

  • images
    एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा, अंश हकदाबी नगर्ने

    शुक्रवार, माघ १८ २०८१
    काठमाडौँ र गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । काठमाडौँ जिल्ला अदालतमा उनले वारेस विष्णुप्रसाद खरेल मार्फत मुद्दा दायर गरेकी हुन् । एलिनाले गत वैशाखमा बागलुङ निवासी विष्णु सापकोटासँग विवाह गरेकी थिइन् ।

    उनले मानाचामल र अंश हकदाबी छाडेर सम्बन्धविच्छेद गरी पाऊँ भनेर फिरादपत्र दर्ता गराएकी हुन् । पतिसँग भावनात्मक सम्बन्ध राम्रो हुन नसकेकाले कागजी सम्बन्धमा मात्र पति-पत्नी भएर बस्न उचित नरहेको भन्दै एलिनाले सम्बन्धविच्छेदका लागि निवेदन दिएकी हुन् ।

    विष्णु सापकोटा अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् । विवाहपछि पतिसँगै अस्ट्रेलिया गएकी एलिना दसैँअगाडि नेपाल फर्किएकी थिइन् । त्यसयता उनी रेकर्डिङ र मेला-महोत्सवमा व्यस्त छिन् ।

    पछिल्लोसमय एलिनाको दाम्पत्य जीवनमा समस्या रहेको भन्दै चर्चा हुने गरेको थियो । यद्यपि, एलिनाले भने उक्त कुरा अस्वीकार गर्दै आएकी थिइन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend