२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

पश्चिमी वायुको प्रभाव : आज कोशी र गण्डकी प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो


सञ्चार डबली
  • शुक्रबार, माघ १८ २०८१
  • 5.6K
    SHARES

  • पश्चिमी वायुको प्रभाव : आज कोशी र गण्डकी प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

    काठमाडौं, माघ १८ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु÷कुहिरो लागेको छ ।

    शुक्रबार कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। शनिबार कोशी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend