२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

केएनपी नेरोलेक पेन्ट्सको बिशेष उपहार योजना : लक्की ड्र मार्फत बिजेताहरु घोषणा


सञ्चार डबली
  • मंगलबार, माघ १ २०८१
  • 8.8K
    SHARES

  • images
    केएनपी नेरोलेक पेन्ट्सको बिशेष उपहार योजना : लक्की ड्र मार्फत बिजेताहरु घोषणा

    काठमाडौं । केएनपी नेरोलेक पेन्ट्सले आफ्नो विशेष फेस्टिभ इस्किम अन्तर्गत ग्राहकहरुलाई केएनपीको रङ्गमा दङ्ग बनाउने अवसर ल्याएको थियो। यस योजनाले उत्सवको रमाइलो सँगै बम्पर पुरस्कारको रूपमा ५ लाख बराबरको सुन जित्ने मौका पनि उपलब्ध गराएको थियो। "केएनपीको पर्वसंगै रङ्गमा दङ्ग, ५ लाख बराबरको सुन सङ्ग"  योजनामा केएनपीको सेलेक्टेड पेन्ट्स खरिद गर्ने १०० जना भाग्यशाली ग्राहकहरुले ब्राण्डेड स्मार्ट वाच, १ जनाले ब्राण्डेड स्मार्ट टिभी, र १ जनाले ब्राण्डेड ल्यापटप जित्न सक्ने अवसर थियो।

    यस योजनाको बिजेताहरु लक्की ड्र मार्फत २०८१ साल पौष २८ गते  कान्तिपुर टिभी एचडीको कल कान्तिपुरमा प्रत्यक्ष रुपमा चुनिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा गायिका डा.त्रिशला गुरुङ र केएनपी जापान प्राइभेट लिमिटेडका मार्केटिङ म्यानेजर केदार थापा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा लक्की ड्र को विजेताहरु एउटा शिसाको भाडाबाट हजारौँ नामहरु मध्यको नाम ड्र गरी घोषणा गरिएको थियो। बम्पर पुरस्कारको रूपमा ५ लाख बराबरको सुन जनकपुरका शिव नारायण मण्डलले, ब्राण्डेड ल्यापटप भरतपुरकी अमृता महतोले, र ब्राण्डेड स्मार्ट टिभी विरगंजका ध्रुब प्रसाद गुप्ताले जित्नुभएको छ। साथै थप १०० भाग्यशाली ग्राहकले केएनपीको तर्फबाट स्मार्ट वाच जित्ने मौका पाउनु भएको छ। केएनपी नेरोलेक पेन्ट्सले आफ्नो ग्राहकहरूसँग उत्सवको रमाइलो र पुरस्कारको आनन्द सेयर गर्न पाउँदा खुशी व्यक्त गरेको छ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend