२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

शिवम् सिमेन्टको साधारण सभाबाट ९ प्रतिशत लाभाँश वितरण गर्ने प्रस्ताव पारित


सञ्चार डबली
  • मंगलबार, माघ १ २०८१
  • 6.8K
    SHARES

  • images
    शिवम् सिमेन्टको साधारण सभाबाट ९ प्रतिशत लाभाँश वितरण गर्ने प्रस्ताव पारित

    काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको वार्षिक साधारण सभाले सेयरधनीलाई ९ प्रतिशत लाभाँश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    आ. व. २०८०।०८१ को बार्षिक साधारणले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूंजी रु. ५ अर्ब २ करोड ७० लाखको चुक्ता पूँजीको आधारमा ८.५५ प्रतिशतका दरले हुने रु.४२,९८,०८,५००।– (बयालिस करोड अन्ठानब्बे लाख आठ हजार पाँच सय रुपैयाँ ) बराबरका रु. १०० दरका ४२,९८,०८५ थान वोनश शेयर र उक्त वोनश शेयर वितरण गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पूंजीको ०.४५ प्रतिशतका दरले हुने रु. २,२६,२१,५००। (दुई करोड छब्बिस लाख एक्काईस हजार पाँच सय रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको छ ।

    काठमाडौंको प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभा गृहमा सोमबार सम्पन्न साधारण सभाले कम्पनीको वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका विवरण समेत पारित गरेको छ ।

    यसैगरी साधारण सभाले आगामी आव २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

    शिवम् सिमेन्टका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सम्पन्न साधारण सभाले बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्ता र जारी पूँजी ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार ५ सय रुपैयाँ पुर्‍याउने निर्णय समेत पारित गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend