२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

सामुदायिक विद्यालयहरुमा डिजिटल प्रविधीबाट पठनपाठन सुरु


सञ्चार डबली
  • बुधबार, जेठ ३१ २०८०
  • 10.0K
    SHARES

  • images
    सामुदायिक विद्यालयहरुमा डिजिटल प्रविधीबाट पठनपाठन सुरु


    काठमाडौ, ३१ जेठ । मुगुम कार्मारोङ्ग गाउँपालिका–९ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय कक्षा ७ मा अध्ययनरत छात्रा फूलमाया बुढा दुर्गमका विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा लिन पाएपछि खुब हर्षित छिन् । आधुनिक प्रविधिको पठनपाठन प्रभावकारी बन्न थालेसँगै सामुदायिक विद्यालयहरु प्रविधिमय बन्न थालेका छन् ।

    विद्युतीकरण र ईन्टरनेटको पहुँच पुगेपछि सामुदायिक विद्यालयहरुमा डिजिटल प्रविधीबाट पठनपाठन हुन थालेको छ । आधुनिक प्रविधिको जमाना अनुसारकै कम्प्युटर शिक्षा प्रभावकारी बन्दै गएको छ ।

    मुगुका ग्रामिण क्षेत्रमा सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षाको पठनपाठन थालनी गरेपछि विद्यार्थीको आकर्षण बढेको छ । बिजुलीको विस्तार भएसँगै विभिन्न विद्यालयमा कम्प्युटर शिक्षाको प्रयोगात्मक कक्षा सुरु भएपछि दुर्गमका विद्यार्थीहरु निकै उत्साही भएको कक्षा ६ मा अध्ययनरत विद्यार्थी।निराजन बुढाले बताए ।

    ग्रामीण क्षेत्रका विद्यार्थीले आधारभूत कम्प्युटर शिक्षा प्राप्त गर्नका लागि सदरमुकाम धाउनपर्ने बाध्यता समेत हटेको छ । प्रायः मुगुका विद्यार्थी किताब अभावकै कारण पठनपाठनमा सास्ती खेपि रहेका विद्यार्थीहरू पछिल्लो समय गाउँ घरकै विद्यालयमा कम्प्युटर शिक्षा लिन पाएपछि खुसी लागेको विद्यार्थी मनकी माया बढुवालले बताइन् ।

    कम्प्युटर शिक्षा लागु भएपछि पछिल्लो समय विद्याथीहरुको पठनपाठनमा उत्तिकै सहभागिता रहेको छ । पाठ्यक्रम विकासले पनि अहिले कम्प्युटर विषयको किताब नै राखिदिएपछि १० वटा कम्प्युटरबाट शिक्षा दिइरहको विद्यालयले जनाएको छ । दुई वर्षदेखि सञ्चालनमा आएको आधारभूत कम्प्युटर शिक्षा कक्षा ६ , ७ , ८ लाई यो शिक्षा प्रदान गरि रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक विटालुले जानकारी दिए ।

    विद्यार्थीमा प्राविधिक ज्ञानका लागि विद्यालयमा कम्प्युटर शिक्षाको सुरुआत भएपछि शैक्षिक विकासमा सहयोग पुग्ने विश्वास रहेको छ । ई–लर्निङ्ग कक्षामा एकैपटक एक सय भन्दा बढि विद्यार्थीहरुले विषयगत पाठ्यसामग्री र अन्य सन्दर्भसामग्री लगायत विविध विषयमा अध्ययन गर्न सकिने भएपछि सहजता थपिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend