२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, आज कुन प्रदेशको मौसम कस्तो ?


सञ्चार डबली
  • शुक्रबार, पुस २६ २०८१
  • 6.5K
    SHARES

  • images
    देशमा पश्चिमी वायुको सामान्य प्रभाव, आज कुन प्रदेशको मौसम कस्तो ?

    काठमाडौं, पुस २६ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ ।

    कोशी प्रदेश– दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

    मधेस प्रदेश– दिउँसो तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

    बागमती प्रदेश– दिउँसो सबै क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । राति हिमाली, पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

    गण्डकी प्रदेश– दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली, पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

    लुम्बिनी प्रदेश– दिउँसो पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

    कर्णाली प्रदेश– दिउँसो हिमाली र पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति पनि हिमाली र पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । 

    सुदूरपश्चिम प्रदेश– दिउँसो हिमाली पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति पनि मौसम मुख्यतया सफा रहने पूर्वानुमान रहेको छ । 

    बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend