२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

फोनेपे बिजनेस एपमा अन-रिक्वेस्ट विदड्रअल सुविधा, अब निःशुल्क !


सञ्चार डबली
  • मंगलबार, पुस २३ २०८१
  • 7.7K
    SHARES

  • images
    फोनेपे बिजनेस एपमा अन-रिक्वेस्ट विदड्रअल सुविधा, अब निःशुल्क !

    २०८१ पुष २३ गते

    ललितपुर । फोनेपे, नेपालको प्रमुख डिजिटल भुक्तानी प्लेटफर्मले, व्यवसायिक व्यक्तिहरूका लागि नगद व्यवस्थापनमा सहज पहुँच सुनिश्चित गर्न नयाँ ‘अन-रिक्वेस्ट विदड्रअल’ सुविधा सार्वजनिक गरेको छ ।

    कम्पनीका अनुसार यस सुविधाले व्यापारीहरूलाई कुनै पनि समयमा आफ्नो आवश्यकता अनुसार नगद निकाल्ने अवसर दिन्छ । अब, व्यापारीहरूले आफ्नो बैंक खाता मा नगद तुरुन्तै निकासी गर्न सक्नेछन्, र यसका लागि कुनै अतिरिक्त शुल्क वा विलम्बको सामना गर्नु पर्दैन ।

    फोनेपेले यो सुविधा ल्याउनको उद्देश्य व्यापारीहरूको नगद प्रवाहमा पूर्ण नियन्त्रण दिनु हो, जसले गर्दा उनीहरूको वित्तीय व्यवस्थापन अझ प्रभावकारी र सुविधाजनक हुनेछ । व्यापारीहरूले आपूर्ति कर्ताहरूलाई भुक्तानी गर्न, कर्मचारीहरूको तलव व्यवस्थापन गर्न र आकस्मिक खर्चहरूको सामना गर्न यो सुविधा प्रयोग गर्न सक्नेछन् । र यो सुविधा फोनेपे बिजनेस एपमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

    तत्काल नगद निकासी : व्यापारीहरूले आफूले चाहेको समयमा आफ्नो फोनेपे बिजनेस एप प्रयोग गरी नगद तुरुन्त आफ्नो बैंक खातामा निकाल्न सक्नेछन् । यस सुविधाले नगदको प्रवाहलाई तत्काल र अनुकूलनीय बनाउँछ, जसले व्यापारीको दैनिक कार्यलाई सहज बनाउँछ ।

    स्वचालित निकासी : यदि व्यापारीले आफ्नो नगद अन(रिक्वेस्ट विदड्रअल नगरेको खण्डमा, रकम स्वचालित रूपमा निर्धारित समय अनुसार बैंक खातामा स्थानान्तरण हुनेछ । यसले व्यापारीलाई आफ्नो नगद प्रवाहमा निरन्तरता र पारदर्शिता सुनिश्चित गर्न मद्दत पुर्याउँछ ।

    शुल्क बिना नगद निकासी : व्यापारीहरूले अब कुनै अतिरिक्त शुल्क नलागी आफ्नो नगद तुरुन्तै निकाल्न सक्नेछन्, जसले व्यापारका खर्चहरू घटाउँछ र तिनीहरूको वित्तीय व्यवस्थापनलाई सजिलो र प्रभावकारी बनाउँछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend