२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आईपीओ निष्कासन गर्दै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स


सञ्चार डबली
  • बिहीबार , पुस ११ २०८१
  • 7.3K
    SHARES

  • images
    आईपीओ निष्कासन गर्दै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स


    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ७५ करोडको ३० प्रतिशत अर्थात प्रतिकित्ता सय रुपैयाँका दरले २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

    जसमा रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि २ करोड २५ लाख रुपैयाँको २ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको छ । यस्तै सामुहिक लगानी कोषका लागि १ करोड १२ लाख ५० हजार रुपैयाँको १ लाख १२ हजार ५०० कित्ता सेयर छुट्याएको छ । यस्तै कम्पनीका कर्मचारीका लागि ६७ लाख ५० हजार रुपैयाँको ६७ हजार ५०० कित्ता सेयर निष्कासन गरेको छ ।

    अब सर्वसाधारणका लागि बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend