काठमाडौं । नेपालप्रिमियर लिग (एनपीएल) क्रिकेटको माहोलमा सीजी इलेक्ट्रोनिक्सले आयोजित रोमाञ्चकअफर सफलतापूर्वक सम्पन्नगर्दै १००० एनपीएल टिकट ग्राहकहरूलाई वितरण गरेको छ । अफर अन्तर्गत सीजी इलेक्ट्रोनिक्सको उत्पादनखरिद गर्ने ग्राहकहरूमध्ये लक्की ड्रमार्फत १००० जनाविजेता छनोट गरिएको थियो, जसले किर्तिपुर स्थित क्रिकेट स्टेडियममा प्रत्यक्ष खेल हेर्ने अवसर प्राप्त गरे ।
कम्पनीले एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, सेन्साई, ब्ल्याक एन्ड डेकर, माइडिया, केन्ट, एलिका र क्रम्प्टन जस्ता राष्ट्रिय तथाअन्तर्राष्ट्रिय ब्रान्डका उत्पादनखरिद गर्ने ग्राहकहरूमध्येबाट लक्कीविजेता छनोट गरी सबै टिकट वितरण गरेको छ ।
सीजी इलेक्ट्रोनिक्सका प्रतिनिधिले भने, “१००० टिकट वितरण गर्दै ग्राहकहरूसँग एनपीएलको जोश र उत्साह साझा गर्न पाउँदाहामीलाई गर्व छ । हाम्राग्राहकहरूको खुशी नै हाम्रो प्राथमिकताहो, र यो अभियानले उनीहरूलाई उत्कृष्ट मूल्य र क्रिकेटको प्रत्यक्षमज्जा प्रदान गर्ने अवसर दियो ।” उनीहरूले नेपाली खेलकुद क्षेत्रलाई निरन्तर समर्थन गर्दै यस्ता योजनाहरू आगामी दिनमा पनि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ग्राहकहरूको उत्साहजनक सहभागिता
अभियान काक्रममा ठूला घरेलु उपकरणहरू जस्तै टिभी, वाशिङ मेसिन, फ्रिज, एयर कण्डिसनर, बिभिन् प्रकारका हिटर, डिसवासर, आदिबाट लिएर साना घरेलु उपकरणहरू जस्तै एयर फ्रायर, भ्याकुमक्लिनर, आयरन, कफी मेकरजस्ताउत्पादनहरू खरिद गर्न ग्राहकहरूले ठूलो उत्साह देखाएका थिए ।
धन्यवाद र प्रतिबद्धता
सीजी इलेक्ट्रोनिक्सले एनपीएल टिकट वितरण अभियानलाई सफलबनाउन सहयोग गर्ने सबै ग्राहकप्रति आभार व्यक्तगर्दै आगामी दिनमा थप रोमाञ्चक अफरहरू ल्याउने प्रतिवद्धता व्यक्त गरेको छ । “यो अभियानले क्रिकेट प्रेमीग्राहकहरूलाई हाम्रो ब्रान्डसँग जोड्ने अवसर मात्रहोइन, उनीहरूको उत्साहको हिस्सा बन्ने अवसर पनिदिएको छ,” कम्पनीका प्रतिनिधिले बताएका छन् ।
सीजी इलेक्ट्रोनिक्सले ग्राहकहरूको विश्वास र समर्थनलाई सम्मान गर्दै भविष्यमा पनि उत्कृष्ट उत्पादन र सेवाहरू मार्फत उनीहरूको अपेक्षालाई पुरा गर्ने योजनाहरू अघि बढाउने जानकारी दिएको छ ।



