२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

ज्योति समूहबाट पद्म ज्योति ‘अलग’, ‘पद्म ज्योति समूह’ घोषणा


सञ्चार डबली
  • सोमबार, पुस १ २०८१
  • 6.9K
    SHARES

  • images
    ज्योति समूहबाट पद्म ज्योति ‘अलग’, ‘पद्म ज्योति समूह’ घोषणा

    काठमाडौं । एक शताब्दी भन्दा बढी इतिहास भएको ज्योति समूह फुटेको छ । पद्म ज्योतिको अध्यक्षतामा ‘पद्म ज्योति समूह’ घोषणा गरिएको हो ।

    उक्त समूहको सदस्यहरूमा मीरा ज्योति, सौरभ ज्योति, सुहृद ज्योति, सिर्जना ज्योति र आरती ज्योति छन् । आइतबार उक्त समूहले नयाँ नाम र लोगो सार्वजनिक गरेको छ । कार्यक्रममा समूहका अध्यक्ष पद्म ज्योतिसँगै अन्य सदस्यहरू समेत उपस्थित थिए । घोषणा सभामा ज्योति समूहलाई पद्म ज्योति नाममा रूपान्तरण गरेको उल्लेख गरिएको छ ।

    ‘ज्योति समूहलाई पद्म ज्योति समूहमा रूपान्तरण गरी विकास र सृजनशीलताको नयाँ यात्राको सुरुवात भएको घोषणा गर्न पाउँदा हामी खुसी छौँ । धेरै बाधा र चुनौतीहरू पार गरे तापनि, यस समूह आफ्नो उत्कृष्टताको विरासतमा प्रतिबद्ध रहँदै निरन्तर अघि बढिरह्यो,’ उक्त समूहले भनेको छ, ‘पद्म ज्योति ग्रुपले गुणस्तरका लागि परिचित आफ्ना विश्वसनीय ब्रान्डहरूसँगै भविष्यलाई आकार दिन नयाँ योजना र रणनीतिहरू पनि ल्याइरहेको छ । ज्योति समूहबाट पद्म ज्योति समूहमा परिवर्तनले प्रगति, अनुकूलता र नयाँ अवसरहरूको खोजीमा हाम्रो समर्पण जनाउँदछ ।’

    उक्त समूहले विकास र सृजनशीलताको लागि नयाँ अवसरहरू खोज्दै ग्राहकहरूले अपेक्षा गरेको उच्च गुणस्तर कायम राख्न प्रतिबद्धता व्यक्त समेत गरेको छ । पद्म ज्योति र भाइ डा. रूप ज्योतिबिच ग्राण्डी सिटी अस्पतालको विषयमा विवाद रहँदै आएको थियो ।

    रूप ज्योतिले सञ्चालन गर्दै आएको ग्रान्डी सिटी अस्पताल खाली गराउन पद्म ज्योतिले पटक पटक सार्वजनिक सूचना जारी गर्दै आएका थिए । यो विषय अदालतसम्म पुगे पनि विवाद अझै टुंगिन सकेको छैन । रूप ज्योति पूर्व अर्थ राज्यमन्त्री समेत हुन् ।

    पद्म ज्योति र डा. रूप ज्योतिका बाबु मणिहर्ष ज्योति हुन् । वि.सं. १९७७ मा स्थापना भएको मणिहर्षले उक्त समूहको स्थापना गरेका थिए । मणिहर्षको बाबु भाजुरत्न कंसाकार हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend