२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एनसेल फाउन्डेसन र जोन्टा क्लबको संयुक्त पहलमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सम्पन्न


सञ्चार डबली
  • शुक्रबार, मंसिर २८ २०८१
  • 7.7K
    SHARES

  • images
    एनसेल फाउन्डेसन र जोन्टा क्लबको संयुक्त पहलमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सम्पन्न

    काठमाडौं, मंसिर २८ । एनसेल फाउन्डेसनले र जोन्टा क्लबको संयुक्त पहलमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विभिन्न जनसचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरेको छ । 

    एनसेल र जोन्टाले हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापान कार्यक्रम गत मंगलबार एक अर्थपूर्ण प्यानल डिस्कसनको आयोजना गरि समापन गरेको हो । 

    यस १६ दिने अभियानको सुरुवात ‘बालविवाह, घरेलु हिंसा र महिलाका अधिकारसँग सम्बन्धित कानुनी प्रावधानहरू’ शीर्षकको ज्ञानवर्धक पुस्तिका सार्वजनिक गर्दै सुरु गरिएको थियो । 

    यस पुस्तिकाले बालविवाह, घरेलु हिंसा, र महिलाका अधिकारहरू सम्बोधन गर्न नेपालमा रहेका कानुनी प्रावधानहरूको बारेमा समुदाय र सरोकारवालाहरूलाई जानकारी दिने उद्देश्य लिइएको छ । 

    कार्यक्रममा महिला नेतृत्वमा रहेका संस्थाहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, र विभिन्न सरोकारवालाहरूले बालविवाह अन्त्यका समाधानबारे छलफल गरेका थिए । 

    सो अभियानलाई अघि बढाउँदै एनसेल फाउन्डेसन, साथी र जोन्टा क्लब काठमाडौँले लैङ्गिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउँदै ‘ओरेन्ज द स्कूल’ कार्यक्रम पनि सञ्चालन गरिएको थियो । 

    संयुक्त पहलले सरकारी तथा निजी गरि १२ विद्यालयमा करिब १,७०० विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा सहभागी गराई विद्यार्थी र शिक्षकहरूलाई लैङ्गिक हिंसा, बालविवाह, साइबर बुलिङ, साइबर सुरक्षा तथा डेटा प्राइभेसी जस्ता जान्नै पर्ने विषयहरुमा जानकारी दिने र सुरक्षित तथा समान वातावरणको प्रवर्द्धन गर्न कदम चाल्नुको महत्वबारे सचेतना जगाउने काम गरिएको थियो । 

    यस अभियानको दौरान बालविवाह, साइबर सुरक्षा र घरेलु हिंसाबारे छलफल, भिडियो प्रदर्शन र अन्तरक्रियात्मक सत्रहरू विद्यालयहरूमा सञ्चालन भइरहेका थिए । 

    अभियानको समापन कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर माननिय मंजली शाक्य बज्राचार्य र सशस्त्र प्रहरी बलकी असिस्टेन्ट जेनरल अफ पुलिस फूलकुमारी पौडेलजस्ता विशिष्ट अतिथिहरूले सहभागिता जनाउनुभएको थियो । 

    सो अवसरमा लैङ्गिक असमानता, जलवायु परिवर्तन र महिलामाथि हुने हिंसाका चुनौतीहरू र समाधान विषयमा प्यालन डिस्कसनको आयोजना भएको थियो । 

    कार्यक्रमको सञ्चालन जोन्टा इन्टरनेशनलको जिल्ला २५ समितिकी अध्यक्ष सोनि जोशीले गरेकी थिइन् । 

    प्यानलमा एनसेलकी हेड अफ कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर विशाखा लक्ष्मी खड्का, खालिसिसीका सीईओ अमुन थापा, साथीकी सुलक्षणा राणा, इसीमोडकी मन्दिरा श्रेष्ठ, र युनेस्कोकी जुही अधिकारी जस्ता विशिष्ट वक्ताहरूको सहभागिता रहेको थियो । 

    यस छलफल सहकार्यमा आधारित समाधानहरू अपनाई लैङ्गिक असमानता समाधान गर्ने, जलवायु परिवर्तनले प्रभावित हुने जनसमुदायलाई सहयोग पु¥याउने र यसमा युवाहरुको भुमिका र उपायहरूका बारेमा केन्द्रित थियो ।

    अभियानको बारेमा आफ्नो विचार व्यक्त गर्दै, एनसेलकी विशाखा लक्ष्मी खड्का हेड अफ कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआरले भनिन् “यस अभियानले संयुक्त रुपमा गरेका पहलले अर्थपूर्ण परिवर्तन ल्याउन सक्छ भन्ने कुरालाई पुष्टि गरेको छ । विविध सरोकारवालाहरूलाई समेटेर युवाहरूको आवाजलाई सशक्त बनाएर, हामीले लैङ्गिक हिंसामुक्त भविष्य निर्माणतर्फ हाम्रो पहल र आवश्यक सहयोग सुरु गरेका छौं ।”

    जोन्टा क्लब काठमाडौंकी अध्यक्ष, बिना राणाले लैङ्गिक हिंसा, बालविवाह र जलवायु परिवर्तनसँगको सम्बन्धको विषयमा सामूहिक साझेदारीको आवश्यकताका जोड दिइन् । 

    News.JPG

    उनले यस १६ दिनको सक्रियता अभियानको सफलताबारे चर्चा गर्दै, एनसेल फाउन्डेसन र साथीको समर्थनमा ‘ओरेन्ज द स्कूल’ पहलले १२ विद्यालयका १,७०० भन्दा बढी विद्यार्थी माझ लैङ्गिक हिंसा, बालविवाह र साइबर सुरक्षा सम्बन्धी चेतना फैलाउन सफल भएको बताइन् ।

    एनसेल फाउन्डेसन र जोन्टा क्लबद्वारा संचालित १६ दिने सक्रियता अभियानले लैङ्गिक हिंसा अन्त्य गर्न सामुदायिक प्रयासहरूको लागि एक बलियो उदाहरण प्रस्तुत गरेको छ ।

    शिक्षा, वकालत, र सहकार्यलाई समेटेर, यस पहलले जागरूकता मात्र फैलाएको छैन, सबैमाझ आवश्यक कदम चाल्न प्रेरित गर्दै सहभागी र सरोकारवालाहरूमा दीर्घकालीन प्रभाव छोड्न सफल भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend