२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

चौथो ओएस नेपाल म्युजिक अवार्डः २७५ जनालाई प्रमाणपत्र प्रदान


सञ्चार डबली
  • आइतबार, जेठ २८ २०८०
  • 9.5K
    SHARES

  • images
    चौथो ओएस नेपाल म्युजिक अवार्डः २७५ जनालाई प्रमाणपत्र प्रदान

     

    काठमाडौं, २८ चैत । चौथो ओएस नेपाल म्युजिक अवार्ड २०८० का उत्कृष्ट पाँचमा पर्न सफल २७५ जना कलाकार तथा श्रष्टाहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । ‘नेपाली गीत संगीत हाम्रो उच्च सम्मान’ भन्ने मूल नारासहित काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनीहरुलाई प्रमाण प्रदान गरिएको हो ।

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी तथा काठमाडौँ प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीको हातबाट उत्कृष्ट पाँचमा पर्न सफल कलाकार तथा स्रष्टाहरुलाई प्रमाणपत्र वितरण गरिएको आयोजक विवेक कार्कीले जानकारी दिए ।

    मन्त्री मोदीले कलाकारहरु देशको गहना भएको र कलाकारिताको निरन्तर साधना गरेमा सफलता धेरै टाढा नभएको बताए । उनले उत्कृष्ट पाँमा पर्न सफल कलाकर्मीहरुलाई जितको शुभकामना समेत दिए । आफू २९ वर्षकै उमेरमा जनप्रतिनिधिका रुपमा चयन हुँदा युवा जोस जाँगर र उर्जा भरिएको र अहिले युवाहरुमा कलाकारिताप्रतिको उत्साह देख्दा खुसी लागेको बताए ।

    कार्यक्रममा वरिष्ठ गायक तथा हाल जिल्ला समन्वय समिति ललितपुरमा जिल्ला समन्वय अधिकारीको रुपमा कार्यरत दिनेश थानी, साहित्यकार सुरेन्द्र मर्हजन अमर, उपन्यासकार संघका अध्यक्ष शंकर भारती, आइटी इञ्जिनियर विवेक श्रेष्ठ, चलचित्रका निर्देशक अमृतमान मर्हजन, लगायतको उपस्थिति थियो ।

    त्यस्तै यस सांस्कृतिक कार्यक्रमका लागि सहयोगीका रुपमा सुनिलस्मृति गाउँपालिका, कञ्चन गाउँपालिका, गल्याङ नगरपालिका, लुङ्ग्री गाउँपालिका, ओमसतिया गाउँपालिका, सरावल गाउँपालिका, तिलोत्तमा नगरपालिका, पोखरा महानगरपालिका, माण्डवी गाउँपालिका रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend