२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एङ्कर बाइ पानासोनिकको जिभा स्वीच सकेटको अनावरण


सञ्चार डबली
  • बिहीबार , मंसिर १३ २०८१
  • 7.9K
    SHARES

  • images
    एङ्कर बाइ पानासोनिकको जिभा स्वीच सकेटको अनावरण

    बिहिवार, मंसिर १३ २०८१
    काठमाडौँ । विद्युतीय निर्माण सामग्री क्षेत्रको अग्रणी एङ्कर वाई पानासोनिकले जिभा स्वीच सकेटका उत्पादनलाई अनावरण गरेको छ । कम्पनीले काठमाडौँस्थित ह्यात प्लेसमा आयोजित एक भव्य कार्यक्रममा आफ्नो नवीनतम् आविष्कार जिभा स्वीच सकेटका उत्पादन अनावरण गरेको हो ।

    उक्त कार्यक्रममा १५० प्रमुख बिक्रेता र उद्योगका सरोकारवालाहरूको सहभागिता रहेको थियो, जसले नेपालमा उक्त उत्पादनबारे जानकारी दिनका लागि महत्वपूर्ण कोसेढुङ्गाको रूपमा रहेको पाइन्छ ।

    कार्यक्रममा एङ्कर बाई पानासोनिक भारतबाट आएका योशियुकी काटो, विशाल नाङ्गलिया र सुनसुके मिजोले उपस्थित भएका थिए । उनीहरूले जिभा उत्पादनका स्वीच सकेटहरूको बारेमा जानकारी गराएका थिए ।

    साथै, उनीहरूले वस्तुको गुणस्तर, नवीनता र खुद्रा बिक्रेता र उपभोक्ताहरूलाई समान रूपमा मूल्य प्रदान गर्न ब्रान्डको प्रतिबद्धतालाई जोड दिएका थिए ।

    जिभा उत्पादन एङ्कर बाइ पानासोनिकको उत्कृष्टताको नबिनतम प्रयासको प्रमाण हो, जसले प्रतिस्पर्धी बजारमा ब्रान्डको लागि नयाँ सुरुवातको प्रतीकलाई जनाउने छ ।

    अत्याधुनिक प्रविधि र आधुनिक सौन्दर्यशास्त्रका साथ डिजाइन गरिएको, जिभाले स्थायित्व, कार्यक्षमता र शैलीलाई प्रतिनिधित्व गर्दछ, जसले ग्राहकहरूको बिलाशीताको आवश्यकताहरू पूरा गर्नेछ ।

    विद्युतीय क्षेत्रमा अग्रणी ब्रान्डको रूपमा आफ्नो स्थानलाई सुदृढ गर्दै पावर व्यवसायमा एङ्कर बाइ पानासोनिकले बजारमा आप्mनो उपस्थितिलाई सुदृढ पार्ने उद्देश्यले यो प्रक्षेपण गरिएको हो ।

    यसले कम्पनीको डिलर र रिटेलर सञ्जाललाई नेपालभर विस्तार गरेको छ, दिगो विकासको लागि व्यवसायलाई बलियो बनाउँदै जिभासँग, एङ्कर बाइ पानासोनिकले प्रतिस्पर्धी मूल्यहरूमा उच्च गुणस्तरको उपकरणहरू प्रस्तुत गरेको छ, ग्राहकहरूको लागि न्यूनतम मूल्यमा विश्वसनीयता सुनिश्चित गर्दै, नवीनता र उत्कृष्टता प्रति आफ्नो निरन्तर प्रतिबद्धता देखाएको छ ।

    कार्यक्रममा बोल्दै, योशियुकी काटोले भने, “जिभा उत्पादनले विद्युतीय निर्माण सामग्री उद्योगमा उत्कृष्टता प्रदान गरेको छ । जिभाको उत्पादनले बिद्युतीय क्षेत्रमा नौलो आयाम परिभाषित गर्र्दै प्रिमियम उत्पादनहरू ग्राहक समक्ष प्रस्तुत गर्ने हाम्रो प्रतिबद्धतालाई मूर्त रूप दिएको छ । हामी  विश्वस्त छौँ कि यो प्रक्षेपणले नेपालको बजार, विकास र नव प्रवर्तनमा महत्त्वपूर्ण प्रभाव पार्नेछ ।”

    त्यस्तै, विशाल नाङ्गलियाले हाइलाइट गर्दै भने, “हाम्रो लक्ष्य भनेको एङ्कर प्यानासोनिक ब्रान्डसँग गहिरो सम्बन्ध प्रवर्द्धन गर्दै हाम्रा खुद्रा विक्रेता र उपभोक्ताहरूलाई सशक्त बनाउने समाधानहरू प्रदान गर्नु हो । जिभाले आजको बजारको विविध आवश्यकताहरू पूरा गर्ने हाम्रो समर्पणलाई प्रतिनिधित्व गर्दछ ”।

    यसैगरी, शुन्सुके मिजोले थपे, “यो प्रक्षेपण एङ्कर प्यानासोनिकको लागि महत्त्वपूर्ण क्षण हो किनभने हामीले गुणस्तर, डिजाइन र प्रविधिको संयोजन गर्ने उत्कृष्ट समाधानहरू प्रदान गर्नमा ध्यान केन्द्रित गर्न जारी राखेका छौँ । जिभासँग, हामी बजारमा एक नयाँ बेन्चमार्क सेट गर्नको लागि, नेपालका खुद्रा बिक्रेताहरू र उपभोक्ताहरूसँग हाम्रो सम्बन्ध सुदृढ गर्ने लक्ष्य राख्छौँ ।”

    कार्यक्रम एक आकर्षक उत्पादन शोकेस र नेटवर्किङ सत्र सम्पन्न भएको थियो । एङ्कर प्यानासोनिकको जिभा लन्चले नेपालमा विद्युतीय परिदृश्यलाई रूपान्तरण गर्न तयार छ, यस क्षेत्रमा गुणस्तर र कार्यसम्पादनको लागि बेन्चमार्क सेट गर्दैछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend