२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

ट्रान्सजेन्डर बन्न ६ महिना लागेको थियो अभिनेता नवाजुद्दीनलाई


सञ्चार डबली
  • शनिबार, जेठ २७ २०८०
  • 11.9K
    SHARES

  • images
    ट्रान्सजेन्डर बन्न ६ महिना लागेको थियो अभिनेता नवाजुद्दीनलाई


    काठमाडौं, २७ जेठ । अभिनेता नवाजुद्दीन सिद्दीकीको फिल्म ‘जोगिरा सारा रा रा रा’ हालै रिलिज भएको थियो ।नेहा शर्माको समेत अभिनय रहेको फिल्मले बक्सअफिसमा कमाल देखाउन सकेन । यतिबेला नवाजुद्दीन अर्को फिल्म ‘हड्डी’लाई लिएर चर्चामा छन् ।

    फिल्ममा उनले ट्रान्सजेन्डरको भूमिका निर्वाह गरेका छन् । फिल्मकी निर्मात्री राधिका नन्दाका अनुसार नवाजुद्दीनको यो लुक्स तयार पार्न ६ महिना समय लागेको थियो । ‘यो समय नवाजुद्दीनका लागि निकै गाह्रो थियो, किनकी सारी लगाउनमा उनलाई ३० मिनेट र पुरा लुक्स तयार पार्न ३ घण्टा लाग्थ्यो’, उनले भनेकी छन् ।

    नवाजुद्दीनले फिल्मका लागि करिब ८० सारीको प्रयोग गरेका थिए । ‘नवाजुद्दीनले पहिलोपटक आफूलाई ट्रान्सजेन्डर लुक्समा देख्दा निकै खुशी भएका थिए । किनकी उनले आफूलाई अहिलेसम्म यस्तो लुक्समा देखेका थिएनन् । उनले आफूलाई चरित्रको नजिक महशुस गरेका थिए’,उनले भनेकी छन् ।राधिकाले नवाजुद्दीनको लुक्स बनाउने प्रोस्थेटिक्सको पनि प्रयोग गरिएको खुलाइन् । फिल्म जूनको अन्त्यमा रिलिज हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend