२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रियलमीको सर्भिस सेन्टर अब दाङमा


सञ्चार डबली
  • बिहीबार , मंसिर १३ २०८१
  • 9.6K
    SHARES

  • images
    रियलमीको सर्भिस सेन्टर अब दाङमा

    विहीबार, १३ मंसिर २०८१, 
    काठमाडौं । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले दाङको न्यूरोडमा आफ्नो पाँचौं सर्भिस सेन्टर उद्घाटन गरेको छ । यो रियलमीको लुम्बिनी प्रदेशमा खोलिएको पहिलो सर्भिस सेन्टर हो ।

    यस सर्भिस सेन्टरको उद्घाटनसँगै देशभरका आफ्ना प्रयोगकर्ताहरूलाई उत्कृष्ट बनाउने रियलमीको प्रतिबद्धतालाई सुदृढ गरेको छ । काठमाडौं, पोखरा, इटहरी र धनगढीसँगै अब दाङ सर्भिस सेन्टरले नेपालको पश्चिमी क्षेत्रका ग्राहकहरूका लागि सहज सेवा प्रदान गर्ने उद्देश्य राखेको छ । यस सर्भिस सेन्टरमा प्रयोगकर्ताहरूले मर्मत तथा मेन्टेनेन्स सेवा, डाइग्नोस्टिक्स र ट्रबल सुटिङ, र वारेन्टी तथा सर्पोट जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

    रियलमीका बढ्दो ग्राहक आधारलाई ध्यानमा राखेर उद्घाटन गरिएको यो सर्भिस सेन्टरले रियलमीका स्मार्टफोन सम्बन्धी सबै समस्याहरूको द्रुत र प्रभावकारी समाधान गर्ने कम्पनीले बताएको छ । बिहान १० बजे देखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने यस सर्भिस सेन्टरमा दक्ष एवम् प्रशिक्षित प्राविधिकहरूको टोलीले रियलमीको ग्लोबल स्ट्यान्डर्ड अनुरूपका उच्च-गुणस्तरिय सेवा प्रदान गर्ने कम्पनीले बताएको छ ।

    उक्त सर्भिस सेन्टरबारे बोल्दै रियलमीका हेड अफ स्ट्राटेजी एन्ड रिसर्च मुनिस गिरीले भने, “हाम्रा नेपाली प्रयोगकर्ताहरूलाई अझै राम्रो सेवा दिने उद्देश्यले हामीले दाङमा पनि यो सर्भिस सेन्टर उद्घाटन गरेका छौँ । हामी यसै गरी नेपालका सबै कुनामा थप उत्कृष्ट सेवा पुर्‍याउँदै रहनेछौँ ।”

    दाङ सर्भिस सेन्टरको सुरुवातले प्रिमियम पोस्ट पर्चेज सेवा प्रदान गर्ने रियलमीको प्रतिबद्धतालाई झल्काएको छ । भविष्यमा देशभरै आफ्ना सर्भिस सेन्टरहरू विस्तार गर्दै जाने कम्पनीले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend