२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

शाओमी नेपालको ह्यान्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक


सञ्चार डबली
  • मंगलबार, मंसिर ११ २०८१
  • 8.5K
    SHARES

  • images
    शाओमी नेपालको ह्यान्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक

    काठमाडौं, मंसिर ११ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आधुनिक जीवनशैलीलाई मध्यनजर गर्दै नयाँ ह्याण्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक गरेको छ । यो हलुका र कम्प्याक्ट डिभाइसले कपडालाई खुम्चिन नदिनुका साथै कपडालाई फ्रेस राख्न मद्दत गर्दछ ।

    शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीले यस स्टीमरका बारेमा बोल्दै भन्नुभयो, “शाओमीको यस ह्यान्डहेल्ड गार्मेन्ट स्टीमरले दैनिक जीवनलाई अझ सजिलो र गुणस्तरीय बनाउन सहयोग गर्नेछ । हल्का तौल, फोल्ड गर्न मिल्ने सुविधा र उन्नत स्टिमिङ प्रविधिले यस स्टीमरलाई कपडाको विशेष केयर गर्न चाहने जो कोहीको लागि उपयुक्त बनाउँछ ।”

    शाओमी ह्यान्डहेल्ड गार्मेन्ट स्टीमरको तौल केवल ७७० ग्राम रहेको छ । जसले गर्दा यसलाई लामो समयसम्म थकान बिना नै प्रयोग गर्न सकिन्छ । यसको फोल्ड गर्न मिल्ने डिजाइनले यसलाई सानो झोलामा पनि सजिलै स्टोर गर्न सकिन्छ । यसले गर्दा यो स्टीमर घरमा मात्र नभई यात्राको क्रममा पनि उत्तिकै उपयोगी हुन्छ ।

    यो डिभाइसमा सेरामिक कोटेड डाइ–कास्ट एलुमिनियम प्यानल समावेश रहेको छ जसले गर्दा यो मात्र २६ सेकेन्डमै तात्छ र यसले स्थिर तापक्रम पनि प्रदान गर्दछ । यसको स्मूथ ग्लाइडिङ प्रविधिले खुम्चेको कपडालाई नबिगारी मिलाउँछ भने सेकेन्डरी भेपराइजेसन प्रविधिले पानीको दाग पनि हटाउँछ । सिल्क, सिन्थेटिक्स, लिनेन, नाइलन, ऊन र कपासजस्ता विभिन्न प्रकारका कपडामा प्रयोग गर्न मिल्ने यस गार्मेन्ट स्टिमरले बहुमुखी उपयोगिता प्रदान गर्दछ ।

    १६० एमएल पानी ट्याङ्कीले लामो समयसम्म काम गर्न सक्ने क्षमता प्रदान गर्दछ भने ३० किलोपास्कलको प्रेसराइज्ड स्टीम फ्लोले उच्च स्तरको परिणाम दिन्छ । खुम्चाई हटाउनका साथै यसले ९९.९९% ब्याक्टेरिया र माइट्स हटाएर कपडालाई स्वच्छ र ताजा बनाउँछ ।

    बजार उपलब्धता

    शाओमी ह्यान्डहेल्ड गार्मेन्ट स्टीमरको मूल्य रु.४,२९९ रहेको छ जुन नेपालभरका आधिकारिक  शाओमीका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध हुनेछ । थप जानकारी शाओमीको आधिकारिक वेबसाइटमा पाउन सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend