२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका


सञ्चार डबली
  • शुक्रबार, मंसिर ७ २०८१
  • 8.1K
    SHARES

  • images
    ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका

    शुक्रबार, ०७ मङ्सिर २०८१,
    काठमाडौँ । ‘आइएमई पे’ले ‘बैंक लिङ्क गरौँ, मोबाइल जितौँ’ नामक योजना सार्वजनिक गरेको छ । यो योजना मार्फत आइएमई पे एपले प्रयोगकर्ताहरूलाई आफ्नो बैंक खातालाई आइएमई पे एपमा लिङ्क गर्न र सहज डिजिटल भुक्तानी सुविधाको अनुभव गर्न प्रोत्साहित गर्ने उद्देश्य रहेको जनाइएको छ ।

    मङ्सिर ६ देखि माघ ६ गतेसम्म २ महिनाको लागि चल्ने यस योजनामा आइएमई पेका प्रयोगकर्ताहरुले आफ्नो बैंकको खातालाई आइएमई पे एपमा लिङ्क गरी बैंक खाताबाट सिधै आइएमई पे वालेटमा पैसा लोड गरी कम्तीमा ३ विभिन्न भुक्तानीहरू गरेर स्मार्टफोन जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजनाअन्तर्गत हरेक १५ दिनमा एक जना भाग्यशाली विजेताले एउटा स्मार्टफोन जित्न सक्ने कम्पनीको भनाइ छ ।

    प्रयोगकर्ताहरुले आफ्नो बैंक खातालाई सिधै आइएमई पे एपमार्फत अथवा कनेक्ट आइपिएस् मार्फत आइएमई पे एपमा लिङ्क गर्न सक्ने जनाइएको छ । यो अफरमा सहभागी हुन पहिलै लिङ्क नभएको बैंक खाता लिङ्क गर्नुपर्ने र पैसा पठाउने वा लोड गर्ने बाहेक अन्य ३ विभिन्न भुक्तानीहरू गर्नुपर्ने छ ।

    ‘यो अभियान हाम्रा प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानीहरू अपनाउन र नगदरहित जीवनशैलीको फाइदाहरूको आनन्द उठाउन प्रोत्साहन गर्न बनाइएको हो । आफ्नो बैंक खाताहरू लिङ्क गरेर प्रयोगकर्ताहरूले सजिलैसँग रकम ट्रान्सफर गर्न, विभिन्न बिलहरू भुक्तानी गर्न र सामान खरिद गर्न सक्छन्, सबै आफ्नो स्मार्टफोनको सुविधाबाट,’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।   

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend