२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

इन्ड्राइभले नेपालमा लन्च गर्‍यो नयाँ “इन्ड्राइभ कम्फर्ट” सुविधा


सञ्चार डबली
  • बुधबार, कात्तिक २८ २०८१
  • 8.5K
    SHARES

  • images
    इन्ड्राइभले नेपालमा लन्च गर्‍यो नयाँ “इन्ड्राइभ कम्फर्ट” सुविधा

    काठमाडौँ - इन्ड्राइभ, ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्मले यात्रुहरूलाई थप आरामदायी, प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले नेपालमा आफ्नो नयाँ 'इन्ड्राइभ कम्फर्ट' फिचर सुविधा सुरु गरेको छ।

    यात्राको अनुभव बढाउन डिजाइन गरिएको इन्ड्राइभ कम्फर्ट सुविधाले यात्रुहरूलाई परिष्कृत सुविधाहरू सहितको प्रिमियम लेभलका सवारी साधनमा यात्रा गर्न सहज बनाउँछ। कम्फोर्ट सवारीहरू उच्च गुणस्तरका सवारी साधनहरू र उच्च स्तरको सेवा प्रदान गर्न समर्पित तथा हाइरेटिङ्ग गरिएका ड्राइभरहरूका साथ यात्रा गर्न खोज्नेहरूका लागि उपयुक्त छ। नयाँ सुविधासँगै, नेपाली यात्रुहरूले अब थप आरामदायी र सुविधाजनक यात्राको आनन्द लिन इन्ड्राइभ कम्फर्ट राइडहरू रोज्न सक्नेछन्।

    इन्ड्राइभ साउथ एशियाका सिनियर मार्केटिङ म्यानेजर, श्री अविक कर्माकरले भने, “इन्ड्राइभमा, हामी हाम्रा ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न किफायती, सुविधाजनक वा थप कम्फोर्ट सवारी विकल्पहरू प्रदान गर्न समर्पित रहेका छौं। 'इन्ड्राइभ कम्फर्ट' राइडको सुरुवात नेपालमा इन्ड्राइभको लागि आकर्षक विकास हो। हामी हाम्रा प्रयोगकर्ताहरूको विशिष्ट आवश्यकताहरू पूरा गर्ने उपयुक्त सवारी विकल्पहरू प्रस्ताव गर्न प्रतिबद्ध छौं। इन्ड्राइभ कम्फर्टको साथ, यात्रुहरूले फराकिलो, रमाइलो र उचित मूल्यको सवारीको प्रतीक्षा गर्न सक्छन्, जबकि हाम्रा चालक साझेदारहरूले उत्कृष्ट सेवा प्रदान गर्ने थप अवसरहरू प्राप्त गर्छन्।"

    इन्ड्राइभ कम्फोर्ट फिचरको बारेमा :
    १) आरामदायी सवारीका लागि उच्च गुणस्तरका कारहरूस् इन्ड्राइभ कम्फर्ट श्रेणीका सबै सवारी साधनहरू उत्कृष्ट अवस्थामा रहेका छन् र रमाइलो यात्राका लागि वातानुकूलित छन्। यसले काठमाडौंको भीडभाड हुने ट्राफिका पनि सहजै यात्राको सुनिश्चित गर्दछ। इन्ड्राइभ कम्फर्ट कारहरूमा इन्टेरियर सफा हुने हुँदा यात्रुहरुलाई सहज र रमाइलो यात्रा प्रदान गर्दछ।

    २) फराकिलो इन्टेरियर भएका सेडान क्लासका गाडीहरूस् इन्ड्राइभ कम्फर्ट सवारीहरूमा सेडान९क्लासका गाडीहरू समावेश रहेका छन्, जसले यात्रुहरूलाई थप ठाउँ र सुविधाको अतिरिक्त क्लास प्रदान गर्दछ। एक्लै यात्रा गर्दा होस् वा साथीहरू वा परिवारसँग, यात्रुहरूले आरामको लागि प्रशस्त लेगरुम पाउनेछन्।

    ३) प्रिमियम अनुभवको लागि उचित मूल्यस् इन्ड्राइभ उचित र पारदर्शी मूल्य निर्धारण गर्न प्रतिबद्ध रहेको छ, र इन्ड्राइभ कम्फर्ट सुविधामा पनि उस्तै रहेको छ। यात्रुहरूले अब फराकिलो इन्टेरियर, गुणस्तरिय गाडी र थप सुविधाका साथ प्रिमियम सवारी अनुभवको आनन्द लिन सक्छन्- त्यो पनि सबै उचित मूल्यमा।

    ४) आरामदायी, फराकिलो र ह्यासल- फ्रि राइडस् इन्ड्राइभ कम्फर्ट सुविधा सहरी यात्राको सामान्य तनावबाट मुक्त मात्र नभएर आरामदायी यात्रा गर्नेहरूका लागि डिजाइन गरिएको हो। अधिक लेगरुम, सहज ड्राइभिङ अनुभव, र टप रेटिङ्ग गरिएका ड्राइभरहरूका साथ, यात्रुहरूले एक उत्कृष्ट सवारीको आनन्द लिन सक्छन्।

    इन्ड्राइभ कम्फर्ट राइड सुबिधाले यात्रुहरूका लागि छनोटको अर्को तह थपेको छ, जसले अब आफ्नो यात्रा आवश्यकताहरूको आधारमा स्ट्याण्डर्ड सवारी र प्रिमियम इन्ड्राइभ कम्फर्ट अनुभवहरू बीच छनोट गर्न सक्नेछन्। यो सुविधा उच्च मूल्याङ्कन कायम राख्ने र प्रिमियम सवारी साधन चलाउने चालकहरूका लागि पनि लाभदायक रहेको छ, जसले उनीहरूलाई इन्ड्राइभ कम्फर्ट राइडहरू मार्फत थप आम्दानी गर्ने अवसर प्रदान पनि गर्दछ।

    श्री पवित नन्दा आनन्द, एशिया प्यासिफिक कम्युनिकेसन्स लीड, इन्ड्राइभले भनिन्, “हामी चालक र यात्रु दुवैलाई आफ्नो प्राइस रोज्ने स्वतन्त्रता दिएका छौं। "त्यसैले, तपाइँले ड्राइभर चयन गर्न पाउनुहुन्छ। हाम्रो पूर्ण पारदर्शी मोडेलमा यात्राहरु हुन्छन। हामी यात्रु र चालक दुवैको हातमा राइडशेयर सर्तहरू उपलब्ध गराएर सबै प्रयोगकर्ताहरूलाई छनोट र निष्पक्षताको स्वतन्त्रता ल्याउन हामीसँधै प्रतिबद्ध छौं।”

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend