२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल प्रिमियर लिगको प्रसारणका लागि स्टार स्पोर्ट्ससँग अन्तिम चरणको छलफलमा छौँ : ब्रान्ड लजिक


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २३ २०८१
  • 8.0K
    SHARES

  • images
    नेपाल प्रिमियर लिगको प्रसारणका लागि स्टार स्पोर्ट्ससँग अन्तिम चरणको छलफलमा छौँ : ब्रान्ड लजिक

    काठमाडौं, कात्तिक २३ । नेपाल क्रिकेट संघ(क्यान)ले आफै आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको प्रसारण अधिकारका लागि स्टार स्पोर्ट्स नेटवर्क इच्छुक देखिएको छ।

    नेपाल प्रीमियर लीगको स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स लिएको ब्रान्ड लजिककाअनुसार भारतीय स्पोर्टस् च्यानल स्टार स्पोर्ट्स नेटवर्कसँग प्रसारण अधिकारका लागि अन्तिम चरणको छलफल भइरहेको छ ।

    ब्राण्ड लजिकका प्रमुख कार्यकारी अधिकारी रोशन निरौलाले नेपाल प्रिमियर लिगको प्रसारण अधिकारको लागि स्टार स्पोर्ट्स नेटवर्कसँगको छलफल सकारात्मक रूपमा अघि बढिरहेको र छिट्टै सकारात्मक नतिजा आउने बताए। उनले भने, “नेपाली क्रिकेट फ्यानहरू सधैं खेलको प्रसारण गुणस्तरलाई लिएर चिन्तित हुनुहुन्छ। हामी नेपाली क्रिकेटलाई माया गर्ने समर्थकहरूको खेल हेर्दाको अनुभवलाई राम्रो बनाउने विषयप्रति एकदमै सचेत छौं। एनपीएललाई विश्वस्तरीय लिग बनाउने हाम्रो लक्ष्यमा खेलको राम्रो क्वालिटीको उत्पादन र प्रसारण अत्यन्त महत्त्वपूर्ण हुन्छ। यही कारणले हामी विश्वस्तरीय उत्पादन र प्रसारण सम्बन्धी अनुभवी कम्पनीहरूसँग छलफलमा थियौं। स्टार स्पोर्ट्ससँगको छलफल अहिले अन्तिम चरणमा पुगेको छ र हामी छिट्टै सकारात्मक नतिजा सार्वजनिक गर्छौ”

    स्टार स्पोर्ट्स विश्वव्यापी रूपमा सबैभन्दा धेरै हेरिने खेल च्यानलमध्ये एक हो, जसले एनपीएललाई नेपाल भित्रमात्र सीमित नगरी दक्षिण एसियालगायत अन्तर्राष्ट्रिय दर्शकहरूसम्म पुर्‍याउनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend