२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 हङकङ सुपर सिक्सेसः अष्ट्रेलियामाथि नेपालको शानदार जित


सञ्चार डबली
  • शनिबार, कात्तिक १७ २०८१
  • 6.1K
    SHARES

  • images
     हङकङ सुपर सिक्सेसः अष्ट्रेलियामाथि नेपालको शानदार जित


    काठमाडौं । नेपालले ‘हङकङ सुपर सिक्सेस’को दोस्रो खेलमा अष्ट्रेलियालाई ११ रनले पराजित गरेको छ । नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १ सय रन मात्र बनायो । अष्ट्रेलियाका ज्याक उडले १२ बल ५० रन बनाए । नेपालका लागि प्रतिश जिशीले ३ तथा लोकेश बम र विवेक यादवले एक एक विकेट लिए । 

    त्यसअघि नेपालले अस्ट्रेलियालाई ११२ रनको लक्ष्य दिएको थियो। नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे । १६ बल खेलेका उनले ५१ रन बनाएर खेलको नियम अनुसार रिटायर्ड हर्ट भए । यस्तै लोकेश बमले १३ बलमा ३३ रन बनाए। अस्ट्रेलियका ज्याक हुडले २ विकेट लिए ।

     पहिलो खेलमा नेपालले इ्रग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो । हङकङ सिक्सेसमा नेपाल एक खेलअघि नै क्वार्टरफाइनल प्रवेश गरिसकेको थियो। यो जितसँगै नेपाल समूह विजेता बनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend