२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

साफ महिला च्याम्पियनसिपः ११ हजार दर्शकले प्रवेश पाउने,  टिकट बिक्री भौतिक रुपमा हुने 


सञ्चार डबली
  • बुधबार, कात्तिक १४ २०८१
  • 6.0K
    SHARES

  • images
    साफ महिला च्याम्पियनसिपः ११ हजार दर्शकले प्रवेश पाउने,  टिकट बिक्री भौतिक रुपमा हुने 


    काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । साँझ ६ बजे फाइनल खेल हुँदैछ। महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलको टिकट बिक्री भौतिक रुपमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले अनलाइन टिक बिक्री नगर्ने निर्णय गरेको हो ।

    यसअघि एन्फाले टिकट बिक्रीका लागि माउन्ट एभरेष्ट स्पोर्टस एन्ड इभेन्ट प्रालिसँग सम्झौता गरेको थियो। तर भारत र नेपाल बीच भएको सेमिफाइनल खेलमा सो कम्पनीले रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएको थियो। जसकारण दशरथ रंगशालामा दर्शक व्यवस्थापनमा सकस भएको थियो।

    एन्फाले बढी टिकट बिक्री गरेको भन्दै सो कम्पनीलाई टिकट बिक्रीमा रोक लगाएको हो। फाइनलका लागि यसअघि बिक्री भएका टिकट पनि रद्द भएको छ। टिकट किन्नेहरुले पैसा फिर्ता पाउनेछन्।

    अब एन्फाले बुधबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लब, दशरथ रंगशाला लगातय स्थानबाट टिकट बिक्री गर्नेछ। फाइनल खेलमा करिब ११ टिकटमात्रै बिक्री गरिनेछ। साधारणतर्फ १० हजार टिकट बिक्री गरिनेछ। साधारण टिकटको मूल्य ५०० हुनेछ। भिआइपी टिकटको १ हजार रुपैयाँ हुनेछ। करिब १ हजार भिआइपी टिकट बेच्ने एन्फाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend