२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

फिल्म ‘केरी अन जट्टा ३’को ट्रेलर सार्वजनिक, आमिर खान भिलेन


सञ्चार डबली
  • बुधबार, जेठ २४ २०८०
  • 10.5K
    SHARES

  • images
    फिल्म ‘केरी अन जट्टा ३’को ट्रेलर सार्वजनिक, आमिर खान भिलेन


    काठमाडौ, २४ जेष्ठ । फिल्म ‘केरी अन जट्टा ३’को ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता आमिर खानको उपस्थितिको रहस्य खुलेको छ ।यो कार्यक्रममा आमिरले क्षेत्रीय भाषाका फिल्म आफूलाई मनपर्ने बताएका थिए । उनले राम्रो पटकथा पाएमा कुनै पनि भाषाका फिल्ममा काम गर्न आफू तयार रहेको खुलाएका थिए । उनले आवश्यक परे भाषा पनि सिक्ने जनाएका थिए ।

    फिल्म ‘लाल सिंह चड्डा’ पछि आमिरका फ्यान उनको नयाँ फिल्मको प्रतिक्षामा छन् । साउथ सूत्रलाई मान्ने हो भने आमिरलाई चाँडै नै ‘बाहुबली’, ‘आरआरआर’ फेम्ड निर्देशक एसएस राजमौलीको फिल्ममा दर्शकले हेर्न पाउनेछन् । राजामौली आफ्नो नयाँ फिल्मको कास्टिङको काम गरिरहेका छन् । यदी सबै कुरामा मिलेमा अभिनेता आमिर उनको फिल्ममा भिलेनको भूमिकामा देखिनेछन् । आमिर यसअघि उनको पहिलो फिल्म ‘होली’ र यशराज फिल्मस्को फ्रेन्चाइजी ‘धुम ३’मा भिलेनको भूमिकामा देखिएका थिए ।

    राजामौलीको यो त्यही फिल्म हो, जसको घोषणा उनले फिल्म ‘आरआरआर’ पछि गरेका थिए । यो फिल्मका लागि साउथ स्टार महेश बाबूले पहिले नै आफ्नो तारिख निर्धारण गरिसकेका छन् । महेश बाबूको राजामौलीका साथ यो पहिलो सहकार्य हुनेछ । फिल्मको पटकथा माथि काम पुरा भइसकेको छ । राजामौलीले कथा अनुसारको लोकेसन पनि फाइनल गरिसकेका छन् । फिल्मको सुटिङ आगामी वर्ष हुनेछ । फिल्ममा महेश बाबूको अपोजिटमा दीपिका पादुकोण हुनसक्ने सम्भावना देखिएको छ ।

    यो फिल्ममा सम्भावित जोडिन सक्ने अभिनेत्रीको नामको सूचीमा दीपिकाको नाम अग्रस्थानमा छ । फिल्म ‘पठान’को सफलतापछि दीपिकाको कुनै पनि नयाँ फिल्मको घोषणा नहुनुमा यो पनि प्रमुख कारण रहेको बुझिएको छ । दीपिका निर्माणाधिन फिल्म ‘फाइटर’को सुटिङ पुरा गरेपछि ‘प्रोजेक्ट के’को काममा व्यस्त हुनेछिन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend