२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आइसीसी महिला टी–२० क्रिकेट: इङल्याण्डको लगातार दोस्रो जित


सञ्चार डबली
  • मंगलबार, असोज २२ २०८१
  • 7.2K
    SHARES

  • images
    आइसीसी महिला टी–२० क्रिकेट:  इङल्याण्डको लगातार दोस्रो जित


    काठमाडौं ।  जारी आइसीसी महिला टी–२० क्रिकेट विश्वकप अन्तर्गत इङल्याण्डले दक्षिण अफ्रिकालाई पराजित गरेको छ । सोमबार राती सम्पन्न खेलमा इङल्याण्डले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको हो ।

    दक्षिण अफ्रीकाले दिएको १२५ रनको लक्ष्य पछाएको इङल्याण्डले १९.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।यसअघि दक्षिण अफ्रिकाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १२४ रन बनाएको थियो ।

    योसँगै इङल्याण्डले लागातार दोस्रो जित हासिल गरेको छ र समुह बी मा २ खेलमा ४ अंक भएको छ ।त्यस्तै पहिलो खेलमा जित हासिल गरेको दक्षिण अफ्रिकाले दोस्रो खेलमा हार बेहोरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend