२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

अञ्जु श्रेष्ठ हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओमा नियुक्त


सञ्चार डबली
  • शुक्रबार, असोज १८ २०८१
  • 8.8K
    SHARES

  • images
    अञ्जु श्रेष्ठ हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओमा  नियुक्त

    हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले अञ्जु श्रेष्ठलाई आफ्नो प्रमुखकार्यकारी अधिकृतको रूपमानियुक्त गरेको छ । उनिनेपालको जेनेरल बीमा कम्पनीहरूको इतिहासमा दोस्रो महिला सीईओ बन्न सफलभएकी छन् । उनले आधिकारिक रूपमाआजदेखि सीईओको भूमिकामा कामको थालनी गर्ने कम्पनीले बताएको छ ।

    नवनियुक्त सिईओ श्रेष्ठको बीमाक्षेत्रमा २९ वर्षको अनुभव रहेकोछ । फागुन १६, २०५२मासहायक अधिकृतको रूपमाबीमा क्षेत्रमा उनको यात्रासुरु भएको थियो । उनको समर्पण, अथक परिश्रम र उत्कृष्टताको प्रतिबद्धताले उनलाई विभिन्न पदमा अघि बढाउँदै अन्ततः कम्पनीको सीईओको पदसम्म पु-याउन सफल भएको छ । सिईओको रूपमा, उनँले आफ्नो अनुभव र नयाँ योजनाको साथ हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्न कम्पनीले जनाएको छ ।

    नियुक्तिको अवसरमा नवनियुक्त सीईओ अञ्जु श्रेष्ठले आफ्नो विचार राख्दै भनिन, “हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्ने मौका पाउँदामैले निकै सम्मानित महसुस गरेको छु । अबको मेरोभूमिका भनेको नयाँ प्रविधि तथा दिगो वृद्धिलाई प्रोत्साहन गर्दै ग्राहक–केन्द्रित समाधानहरू प्रदान गनुहुनेछ । मेरो लक्ष्यभनेको कम्पनीका सबै सदस्यमा जिम्मेवारी बोधको भावनासिर्जना गर्ने तथाकम्पनीको समग्र वृद्धिको वातावरण बनाउने हो ।”

    कम्पनीका अध्यक्ष महेन्द्र के. श्रेष्ठल भने, “हामी विश्वस्त छौँ कि अञ्जु श्रेष्ठले बीमा क्षेत्रको, अवसरहरू र चुनौतीहरू राम्रोसँग बुझ्नु भएको छ र हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई उहाँले अझ उचाइमा लैजान सक्षम हुनुहुनेछ।”

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend