२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिट २०२४ मा नेपाली विद्यार्थीले जिते पिपल्स चोइस अवार्ड


सञ्चार डबली
  • बिहीबार , असोज १७ २०८१
  • 8.4K
    SHARES

  • एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिट २०२४ मा नेपाली विद्यार्थीले जिते पिपल्स चोइस अवार्ड

    १७ असोज २०८१, काठमाडौँ 
    नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआइ प्रोजेक्टले चीनको नानिंग र सेन्जेनमा  भएको एसिया प्यासेफिक डिजिटल समिट २०२४ को महत्वपूर्ण पिपल्स चोइस अवार्ड जितेका छन् । ह्वावे नेपालको सिड्स फर फ्युचर २०२४ कार्यक्रम अन्तर्गत नेपालको प्रतिनिधित्व गर्र्दै चीन गएको ६ जना नेपाली विद्यार्थीको टोलीले सो उपलब्धि हासिल गर्न सफल भएको हो।

    सयौं विद्यार्थीहरु मध्यबाट छानिएको समूहमा समिप अर्याल, आशिष कार्की, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी, र समृद्धि कार्की छन् । कार्यक्रममा विश्वभरका युवा प्रतिभाहरुको नविन सोचलाई बढावा दिँदै कयौं योजनाहरु समावेश गरीएका छन् ।

    एसिया प्यासेफिक समिटमा १९ मुलुकका सयौँ विद्यार्थीले सहभागिता जनाएका छन् । जसमा नेपाली विद्यार्थीले अल्ट्राकेयर नामक एआइ व्यावसायिक उपकरणको प्रस्तुत गरेका थिए । नेपाली समूहका सदस्य समिप अर्यालले भने, अल्ट्रा केयर यात्रा सहज अल्ट्रासाउण्ड मेसिन हो जसले ग्रामिण क्षेत्रका महिलाहरुलाई सहज सेवा दिन सक्छ । अर्यालले भने, यो उपकरणले सानोस्तरका स्वास्थ्य संस्थालाई एआइ प्रविधिसँग जोड्नेछ । जसले भ्रुणको अवस्था पत्ता लगाई, त्यस विषयमा पर्याप्त जानकारी उपलब्ध गराउँदछ ।

    अर्यालले मेसिनले गर्भमा रहेको शिशु वा गर्भवतीमा कुनै स्वास्थ्य जटिलता आइपरेको खण्डमा सो उपकरणले समयमा नै परिक्षण गर्न सक्ने बताए  । अर्यालले भने यदि कुनै असामान्य परिस्थिति आईपरेको खण्डमा उपकरणले सिधै सम्बन्धित अस्पतालका चिकित्सकलाई जानकारी पठाएर महिलाको ज्यान जोगाउन सकिनेछ । एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिटले नेपाली विद्यार्थीहरुको नविन सोचको उर्जालाई उजागर गरेको छ । सामाजिक हितका निम्ति प्रविधिको प्रयोग प्रति विद्यार्थीहरुको दृढ प्रतिबद्धतालाई अल्ट्राकेयरले प्रमाणित गरेको छ । ह्वावे नेपाल युवा प्रतिभालाई प्रोत्साहन गर्दै भविष्यका सशक्त नेतृत्व निर्माणमा लगातार समर्पित छ ।

    सिड्स फर द फ्युचरको बारेमा

    नेपालमा यो कार्यक्रम २०१९ मा सुरू भएको हो, जसले देशको प्रविधि परिदृश्यलाई आकार दिनका लागि दर्जनौं विद्यार्थीहरूलाई प्रेरित गरिरहेको छ।

    सिड्स फर द फ्युचर कार्यक्रम, ह्वावेको विश्वव्यापी सिएसआर (CSR) प्रयास अन्तर्गत, २००८ मा थाइल्याण्डमा सुरु भएको हो । हालसम्म विश्वभरका १४१ देशका १८,००० भन्दा बढी विद्यार्थीहरूले यसबाट फाइदा उठाइसकेका छन् । नेपालमा, यो कार्यक्रमले उत्कृष्ट विद्यार्थीहरूलाई विभिन्न गतिविधिहरूमा संलग्न गराउँछ, जसमा कलेज भ्रमण, कार्यशालाहरू, र अन्तिम अन्तर्वार्ता समावेश छन् । क्षेत्रीय चरणमा चीन भ्रमण हुने गर्दछ, जहाँ विद्यार्थीहरूले डिजिटल पावर, क्लाउड, ५जी, र एआई जस्ता विषयहरूमा अन्वेषण गर्नेछन् ।

    क्षेत्रीय कार्यक्रममा टेक फर गुड प्रतियोगिता पनि समावेश छ, जसबाट क्षेत्रीय विजेताहरू २०२५ मा पुनः चीनमा आयोजना हुने विश्व फाइनलका लागि छनौट हुनेछन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend