२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आईएमई लाइफ इन्स्योरेन्सले ल्यायो भाग्यशाली उपहार योजना, केके छन् पुरस्कार ?


सञ्चार डबली
  • बुधबार, असोज १६ २०८१
  • 6.7K
    SHARES

  • images
    आईएमई लाइफ इन्स्योरेन्सले ल्यायो भाग्यशाली उपहार योजना, केके छन् पुरस्कार ?

    बुधवार, असोज १६ २०८१
    काठमाडौँ र आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ । कम्पनीले आफ्ना उत्कृष्ट अभिकर्ताहरूका मनोबल उच्च राख्न यस्तो उपहार योजना ल्याएको हो । गत पुस महिनामा लागू गरेको मासिक योजनाअन्तर्गतको सम्पूर्ण कुपन बिजेताहरूलाई सहभागी गरिएको थियो ।

    असोज १६ गते कम्पनीको केन्द्रिय कार्यालयबाट आयोजित कार्यक्रममा जुम मिटमार्फत प्रत्यक्ष प्रसारण गरी देशभरीका अभिकर्ता, ग्राहक र कर्मचारीको उपस्थितिमा बिजेताको नाम घोषणा गरेको छ ।

    उक्त योजना अन्तर्गत १५ जनालाई सान्त्वना पुरस्कारमा विद्युतीय हिटर, तेश्रो पुरस्कारमा ५ग्राम सुन, दोश्रो पुरस्कार आई फोन १३ र प्रथम पुरस्कार अन्तर्गत १२५ सीसीको हिरो मोटरसाइकल एक जनालाई प्रदान गरेको छ ।

    साथै आगामी दिनमा पनि अभिकर्ताको मनोबल उच्च राख्न र काममा प्रेरित गर्न यस्ता किसिमका उपहार कार्यक्रम आयोजना गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend