बुधबार, असोज १६ २०८१
काठमाण्डौ - नेपालीहरूको महान् चाड दशैँ, तिहार, छठ पर्व तथा ईदको अवसरमा CGNET ले आफ्ना प्रिय ग्राहकहरूको लागि २०८१ सालको असोज र कात्तिक महिनामा इन्टरनेट सेवा नवीकरण र नयाँ जडान गर्दा विशेष हातै खाली नरहने अफरहरू ल्याएको छ । यस अफरमा CGNET का सम्पूर्ण ग्राहकहरूले फास्टेस्ट इन्टरनेट सेवा सँगसँगै ३ महिनासम्मको बोनस, रु. १५०० सम्मको नगद छूट, इन्स्ट्यान्ट क्यासब्याक र फ्री WIFI-6 अपग्रेड पनि पाउन सक्नुहुनेछ।
यस हातै खाली नरहने अफरको साथमा CGNET को 101 Mbps को वार्षिक नवीकरण तथा नयाँ जडान गर्ने ग्राहकहरूले मात्र रु. 9,999 सुरुवाती मूल्यमा SMART BULB निःशुल्क पाउनु हुनेछ । 150 Mbps र 250 Mbps को नवीकरण तथा नयाँ जडान गर्दा सुरुवाती मूल्य रु. 12,499 मा अत्याधुनिक Closed Circuit Television (CCTV) निःशुल्क पाउनु हुनेछ । यसैगरी 350 Mbps र 666 Mbps को वार्षिक नवीकरण तथा नयाँ जडान गर्दा सुरुवाती मूल्य रु. 14,499 मा दुबै निःशुल्क पाउनु हुनेछ ।
नेपालका अधिकांश सहरमा सस्तो, छिटो, र गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आक्रामक व्यापार गरिरहेको यस कम्पनीले आफ्ना ग्राहकहरूलाई दैनिक रूपमा CG Digital, MINISO, FOREVERYNG, Kaspersky Antivirus, Nepal Tea Collective र Classic Diamond का सामान खरिदमा ७०% सम्मको छुटको व्यवस्था गरेको छ। साथै, Chaitanya Spa र Pathao बाट सेवा लिँदा पनि यति नै मात्राको छुट उपलब्ध गराइएको छ।
त्यस्तैगरी, नवीकरण तथा नयाँ जडान गर्ने ग्राहकहरूले साप्ताहिक रूपमा रु. ५०,००० मूल्य बराबरका MINISO र FOREVERYNG ब्रान्डका सामान उपहारस्वरूप प्राप्त गर्न सक्नेछन् । साथै, NOTHING ब्रान्डको CMF Phone-1, एयरबर्ड, र Miraaya रिसोर्टमा एक रातको आकर्षक प्याकेज पनि घोषणा गरिएको छ । आक्रामक बजार नीतिका साथ, आफ्ना ग्राहकहरूलाई यस अवधारणाले मासिक रूपमा वाशिङ्ग मेसिन, माइक्रोवेभ ओभन, तथा बम्पर उपहार योजना अन्तर्गत हिरोको XOOM स्कुटर उपहार स्वरूप घोषणा गरेको छ।



