२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

कस्तो छ अभिनेता रजनीकान्तको स्वास्थ्य ?


सञ्चार डबली
  • बुधबार, असोज १६ २०८१
  • 7.3K
    SHARES

  • images
    कस्तो छ अभिनेता रजनीकान्तको स्वास्थ्य ?

     

    काठमाडौँ । बलिवुड अभिनेता रजनीकान्तको मुटुको उपचार गरिएको छ । मिडिया रिपोर्टका अनुसार रजनीकान्तको स्वास्थ्य बारे अस्पतालले एक बुलेटिन जारी गर्दै जानकारी दिएको छ ।

    रजनीकान्तलाई ३० सेप्टेम्बर २०२४ मा ग्रिम्स रोडस्थित एपोलो अस्पतालमा भर्ना गरिएको थियो । उनको मुटुबाट निस्कने मुख्य रक्तनलीमा सुन्निएको थियो, जसको शल्यक्रिया नगरी ट्रान्सक्याथेटर विधिबाट उपचार गरिएको अस्पतालले जानकारी दिएको छ ।

    सिनियर इन्टरभेन्शनल कार्डियोलोजिस्ट डा. साई सतीशले स्टेन्ट राखेर सुन्निने कामलाई पूर्ण रूपमा बन्द गरिदिएको बताएका छन् ।

    बुलेटिनमा थप भनिएको छ, 'हामी उहाँका शुभचिन्तक र प्रशंसकहरूलाई यो प्रक्रिया योजना अनुसार अघि बढेको जानकारी गराउन चाहन्छौं । रजनीकान्त स्थिर र निको भइरहेका छन् । उनी पनि दुई दिनमा घर फर्कनेछन् ।' उनलाई सोमबार राति अस्पतालमा भर्ना गरिएको थियो ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend