२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

  त्रिकोणात्मक टी–२० सिरिजः क्यानडासँग नेपाल फेरी पराजित


सञ्चार डबली
  • बुधबार, असोज १६ २०८१
  • 7.3K
    SHARES

  • images
      त्रिकोणात्मक टी–२० सिरिजः क्यानडासँग नेपाल फेरी पराजित

     

    काठमाडौं । नेपाल आज त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत क्यानडासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा क्यानडाले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

    नेपालले दिएको १४० रनको लक्ष्य पछाएको क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । त्यस अघि नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

    एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध दुवै खेलमा हारेको नेपालले टी–२० खेलमा पनि दुवै खेलमा पराजित भएको छ ।यो जितपछि क्यानडाले सिरिजमा ३ खेलमा दोस्रो जित हासिल गरेको छ भने नेपालले ३ खेलमा दोस्रो हार बेहोरेको छ ।अब सिरिज अन्तर्गत आज नेपालले ओमानको सामना गर्दै छ ।
      

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend