२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

जेबीएनएल सेक्युरिटिजको साधारणसभा सम्पन्न


सञ्चार डबली
  • शुक्रबार, असोज ११ २०८१
  • 6.7K
    SHARES

  • images
    जेबीएनएल सेक्युरिटिजको साधारणसभा सम्पन्न

    शुक्रवार, असोज ११ २०८१

    काठमाडौं - ग्लोबल आइएमई बैंकको सतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्रसम्बन्धी कारोबार गर्ने कम्पनी जेबीएनएल सेक्युरिटिजको प्रथम वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।

    सभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले गरेका थिए । सभाले सञ्चालक समितिका तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, सञ्चालक तथा लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक र वार्षिक वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको छ।

    साथै कम्पनीकोे नाम जेबीएनएल सेक्युरिटिजबाट मुख्य कम्पनीको नामसँग सामञ्जस्य हुनेगरी ग्लोबल आईएमई सेक्युरिटिजमा परिवर्तन गर्ने गरी कम्पनीको प्रबन्धपत्र र नियमावलीको सम्बन्धित प्रावधानमा संशोधन सर्वसम्मतिबाट स्वीकृत भएको छ।

    सभामा कम्पनीको एकमात्र शेयरधनी ग्लोबल आईएमई बैंकबाट अधिकार प्राप्त प्रतिनिधि विश्व सुवेदी, कम्पनी रजिस्ट्रारका प्रतिनिधि, कम्पनीका सञ्चालकहरु, प्रबन्ध निर्देशक, सेवाग्राही, कर्मचारीहरुको उपस्थिति थियो।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend