२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेप्सेमा ४९ अङ्कको वृद्धि, ४ अर्ब ८१ करोडको कारोबार


सञ्चार डबली
  • बुधबार, असोज ९ २०८१
  • 8.4K
    SHARES

  • images
    नेप्सेमा ४९ अङ्कको वृद्धि, ४ अर्ब ८१ करोडको कारोबार

     

    काठमाडौँ । नेप्सेमा आज ४९ अङ्कको बढेको छ । बुधबार नेप्से ४९.१३ अङ्कले बढेर २५१९.५७ विन्दुमा रोकिएको हो । आज ३२७ कम्पनिको कारोबार हुदा एक करोड २४  लाख ९८ हजार ९८९ कित्ता शेयर ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४ को खरिद बिक्री भएको छ ।

    नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्त, न्यादी हाइड्रो, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत र थ्री स्टार हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज हिमालयन हाइड्रोको शेयर मुल्य सर्बाधिक ६.३६ प्रतिशतले घटेको छ ।

    त्यसैगरी आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी १५ करोड ६४ लाख १७ हजार ७८७ बराबरको शेयर कारोबार भएको छ ।  त्यस्तै आज हाइड्रोइलेक्ट्रीसिटीको शेयरको सबैभन्दा बढी ५ लाख ५४ हजार ८४८ कित्ता शेयर कारोबार भएको छ  ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend