२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

स्त्री-२ बन्यो ६०० करोड कमाई गर्ने बलिवुडको दोस्रो फिल्म


सञ्चार डबली
  • सोमबार, असोज ७ २०८१
  • 8.0K
    SHARES

  • images
    स्त्री-२ बन्यो ६०० करोड कमाई गर्ने बलिवुडको दोस्रो फिल्म

     

    काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । अहिलेसम्म फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा ६०० करोड पार गरेको छ । फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको छैटौं सातापछि आइतबारसम्म ६०४ करोड २२ लाख कमाई गरेको छ । 

    बलिवुड फिल्मको इतिहासमा ६०० करोड कमाई गर्ने स्त्री- २ दोस्रो फिल्म हो । यस अघि शाहरुख खानको २०२३ को सेप्टेम्बरमा रिलिज भएको फिल्म जवानले ६४३ करोड ८७ लाख कमाई गरेको थियो । जवान अहिलेसम्म भारतीय बक्स अफिसमा सबैभन्दा बढी कमाई गर्ने फिल्म हो । त्यस्तै स्त्री-२ पछि रणवीर कपुरको एनिमलले ५५६ करोड ३६ लाख कमाई गरेको थियो । 

    करिब ५० करोडको लागतमा बनेको स्त्री-२ ले पहिलो दिनमा नै आफ्नो लागत उठाएको थियो । अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend