२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल पे इन्स्ट्यान्टबाट हुने फन्ड ट्रान्स्फर निःशुल्क गर्न सकिने


सञ्चार डबली
  • सोमबार, असोज ७ २०८१
  • 6.9K
    SHARES

  • images
    नेपाल पे इन्स्ट्यान्टबाट हुने फन्ड ट्रान्स्फर निःशुल्क गर्न सकिने

    काठमाडौं । नेपाल पे इन्स्ट्यान्टबाट हुने फन्ड ट्रान्स्फर निःशुल्क गर्न सकिने भएको छ । नेपालीहरूको महान चाड देशैंका साथै डिजिटल कारोबारलाई प्रबर्द्धन गर्ने उद्देश्यका नेपाल क्लियरिङ हाउसले नेपाल पे इन्स्ट्यान्टबाट हुने फन्ड ट्रान्सफरलाई निःशुल्क गरेको हो ।

    नेपाल पे इन्स्ट्यान्ट सुविधा उपलब्ध बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ ग्राहक तथा कनेक्ट आईपीएस प्रयोगकर्ताले ३० असोजसम्म निःशुल्क फन्ड ट्रान्सफर गर्न सक्छन् । नेपाल पे इन्स्टेन्ट मार्फत बिनाशुल्क २६ बैंक वित्तीय संस्थाहरुबाट फन्ड ट्रान्स्फर हुने कम्पनीको भनाइ छ ।नेपाल पे इन्स्ट्यान्टबाट बैंक खातामा प्रयोग भएको मोबाइल नम्बर राखेरै सजिलै पैसा ट्रान्सफर गर्न सकिने छ ।

    हाल ‘नेपाल पे इन्स्टेन्ट’ सुविधा कनेक्ट अईपीएस तथा कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक, गरिमा विकास बैंक तथा साग्रिंला विकास बैंकका मोबाइल बैंकिङ एपहर”मा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend