२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

फोनपेको ‘सुपर यात्रा’ अफर, हवाइ टिकटमा तीन सय रुपैयाँ क्यासब्याक 


सञ्चार डबली
  • शुक्रबार, असोज ४ २०८१
  • 8.9K
    SHARES

  • images
    फोनपेको ‘सुपर यात्रा’ अफर, हवाइ टिकटमा तीन सय रुपैयाँ क्यासब्याक 


    काठमाडौं । नेपालको प्रमुख डिजिटल भुक्तानी नेटवर्क फोनपेले चाडपर्वको अवसरमा असोज २ गतेदेखि ‘सुपर यात्रा’ अफर घोषणा गरेको छ।अफर अन्तर्गत हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार नयाँ प्रयोगकर्ताहरूका लागि पहिलो हवाई टिकट बुकिङमा तीन सय रुपैयाँ र पुराना ग्राहकका लागि दुई सय रुपैयाँ क्यासब्याकको लाभ लिन सकिने छ।

    यसका अतिरिक्त फोनपेले अन्य उपहारहरू पनि घोषणा गरेको छ। जस अनुसार एक भाग्यशाली विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन् भने हरेक हप्ता पाँच जनाले स्मार्टवाच जित्ने अवसर पाउनेछन्।

    यो अफर चाडपर्वको समयमा प्रयोगकर्ताहरूलाई हवाई टिकट बुकिङको लागि सहज र सस्तो डिजिटल भुक्तानी विकल्पहरू प्रदान गर्न ल्याइएको कम्पनीको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend