२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सन्दीपलाई अमेरिकाले दियो भिसा


सञ्चार डबली
  • बिहीबार , भदौ २७ २०८१
  • 7.5K
    SHARES

  • images
    सन्दीपलाई अमेरिकाले दियो भिसा

    काठमाडौँ , भदौ २७ । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । केही दिन अगाडि नै उनको भिसा लागेको निकट स्रोतले बतायो ।

    आइसीसी विश्वकप लिग २ खेल्नका लागि सन्दीप लगायत खेलाडीहरुलाई अमेरिकी दूतावासले भिसा उपलब्ध गराएको हो । नेपाली टोली उक्त त्रिकोणात्मक सिरिजका लागि मंगलबार राति क्यानाडा उडिसकेको छ । सन्दीप पनि टिमसँगै छन् ।

    क्यानडामा लिग २ खेलेपछि नेपाली टिम अमेरिका जाने तालीका छ । नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानाडासँग र सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्ने छ ।

    दुवै देशसँग नेपालले त्रिकोणात्मक टि २० सिरिज पनि खेल्ने छ । क्यानाडासँग सेप्टेम्बर २८ र अक्टोबर १ मा तथा ओमानसँग सेप्टेम्बर २९ र अक्टोबर २ तारिखमा नेपालले टि २० म्याच खेल्नेछ ।

    क्यानाडापश्चात अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । त्यहाँ नेपाल अमेरिका र स्कटल्यान्डले प्रतिस्पर्धा गर्नेछन् । यसअघि अमेरिकामै आयोजना भएको टि २० विश्वकपमा जान सन्दीपले अमेरिकाको भिसा पाएका थिएनन् ।

    दुई पटकको प्रयासमा पनि अमेरिकी दूतावासले उनलाई भिसा दिन इन्कार गरेको थियो । यसपाली भने पहिलो प्रयासमै सहजरुपमा भिसा प्राप्त गरेको स्रोतले बतायो । भिसाको अवधि भने तीन महिनाको मात्र छ ।

    स्मरणीय छ कि नेपाली टिम क्यानाडा प्रस्थान गर्नुअघि विहीबार आयोजित पत्रकार सम्मेलनमा क्रिकेट संघका सचिव पारस खड्काले सन्दीपको भिसा लागेको कुरा गोप्य राखेका थिए ।

    पत्रकारले यस विषयमा प्रश्न गर्दा उनले दूतावासबाट ग्रीन सिग्नल रहेको मात्र बताए । उनले घुमाउरो तरिकाले भनेका थिए, ‘केस क्लोज भइसकेकाले हामीलाई विश्वास छ कि यो विषय सकियो । हामी सबै नयाँ सोच विचारबाट अगाडि बढ्नुपर्छ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend