२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

आज देशभर पानी पर्ने, सतर्कता अपनाउन अनुरोध


सञ्चार डबली
  • शुक्रबार, भदौ २१ २०८१
  • 8.5K
    SHARES

  • images
    आज देशभर पानी पर्ने, सतर्कता अपनाउन अनुरोध

    काठमाडौँ , भदौ २१ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

    यतिबेला (शुक्रबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    काठमाडौँ उपत्यकामा पनि रातिदेखि नै सिमसिम वर्षा जारी छ। अहिले पनि काठमाडौँ उपत्यकाका धेरै ठाउँमा पानी परिरहेको छ। आज तीज पर्व मनाउने तयारीमा रहेका महिलालाई वर्षाले समस्या गर्ने सम्भावना छ।

    आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। 

    आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशको एकदुई स्थानमा राति पनि भारी  वर्षाको पनि सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

    सबै प्रदेशको केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना  रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend