२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

हालाण्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित


सञ्चार डबली
  • आइतबार, भदौ १६ २०८१
  • 6.5K
    SHARES

  • images
    हालाण्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित

     

    काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

    म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले ह्याट्रिक गरेका थिए । हालाण्डले खेलको १०औं, ३०औं र ८३औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका हुन् । यस सिजनमा तेस्रो खेलमा हालाण्डको योसहित सात गोल गरिसकेका छन् । त्यसैगरी वेस्ट ह्यामका लागि सिटीका रुबेन डियाजले एक गोल आत्मघाती गोल गरेका थिए ।

    यो जितपछि म्यानचेस्टर सिटीको ३ खेलमा ९ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै वेस्ट ह्यामको भने ३ खेलमा दोस्रो हारसहित ३ अंक रहेको छ ।
            

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend