काठमाडौँ - नेपालमा लगाइएको प्रतिबन्ध खुलाउने सरकारको निर्णयको टिकटकले स्वागत गरेको छ। टिकटकका प्रवक्ताले विज्ञप्ति जारी गर्दै प्रतिबन्ध हटाउने नेपाल सरकारको निर्णयको स्वागत गर्दै आफूहरू उत्साहित भएको बताएका हुन्।
‘नेपालमा टिकटक खुल्ने कुराले हामी ज्यादै खुशी छौं । यसका लागि हामी फलदायी संवादमा नेपाल सरकारको निरन्तरको प्रतिबद्धताको कदर गर्छौं । नेपाली जनमानसको डिजिटल अनुभवको लागि उहाँहरूले दिनुभएको चासोलाई हामी सम्मान पनि गर्दछौं,’विज्ञप्तिमा भनिएको छ ।
नेपालमा टिकटक खुल्ने कुराले हामी ज्यादै खुशी छौं। यसका लागि हामी फलदायी संवादमा नेपाल सरकारको निरन्तरको प्रतिबद्धताको कदर गर्छौं । नेपाली जनमानसको डिजिटल अनुभवको लागि वहाँहरूले दिनुभएको चासोलाई हामी सम्मान पनि गर्दछौं । हाम्रो कम्युनिटीको रचनात्मकता र जोशले नेपाली घरपरिवारमा आनन्दको संचार गर्नुका साथै अविश्वसनीय रूपमा प्रतिभाशाली क्रियटर र व्यवसायहरूका लागि महत्त्वपूर्ण आर्थिक अवसरहरूको ढोकासमेत खोलेको छ । हामी नेपालीहरूको उन्मुक्त आवाज बन्न र सृजनशीलताको साझा मंचलाई निरन्तरता दिन पाउँदा उत्साहित छौं किनकि हामीले नेपालको सफलताको कथालाई सधैंभरि समर्थन गरिरहेका छौं।
— एक टिकटक प्रवक्ता


