२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

विष्णु माझीको गीत ‘आइनँ आमा यो तिजमा’ सार्वजनिक (भिडिओसहित)


सञ्चार डबली
  • शनिबार, भदौ ८ २०८१
  • 7.6K
    SHARES

  • images
    विष्णु माझीको गीत ‘आइनँ आमा यो तिजमा’ सार्वजनिक (भिडिओसहित)

    काठमाडौँ, भदौ ८ । महिलाका पीडालाई समेटेर हरेक वर्ष गायिका विष्णु माझीले गीतहरु ल्याउने गर्छिन्। जसकारण माझीका गीतको दर्शकहरुमा निकै पखाई हुन्छ।

    यस वर्ष पनि विष्णु माझीको स्वरमा तीज गीत ‘आइनँ आमा यो तिजमा’ बोलको गीत सार्वजनिक भएको छ। 

    ‘पुतलीको भट्टी भाग २०’ मा समावेश गरिएको गीतमा विष्णुको एकल स्वर सुन्न सकिन्छ। विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका छन्। गीतमा तीजमा माइत जान नपाएको कुरालाई समेटिएको छ। 

    गीतको भिडिओमा मोडल ललिता पौडेललाई देख्न सकिन्छ। मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई सुन्दरमणीले निर्देशन गरेका हुन्। शम्भु चालिसेले खिँचेको भिडिओलाई प्रविन भट्टले सम्पादन गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend